
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।
स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा सात विकेट गुमाएर भेट्टायो । नेपालको कीर्तिमानी जितमा दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट पारी खेले । ऐरीले ११६ बलमा आठ चौका र एक छक्काको सहयोगमा अविजित ८५ रन बनाए ।
त्यस्तै, ६७ बलको सामना गरेका मल्लले ६७ बलमा ९ चौका र ५ छक्काको मद्दतमा ८१ रनको पारी खेले । त्यस्तै, गुलसन झाले १७, ओपनिङ ब्याटर कुशल भुर्तेलले १६ रसोमपाल कामीले अविजित २४ रनको योगदान दिए । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।



