यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

-


     जनहित न्युज    
     चैत्र २ गते २०७९


नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?