गलकोट समाज जापानले उचाल्यो प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि

-


     दिनेश थापा     
     फागुन १४ गते २०७९


नेपाली जनसम्पर्क समिति जापान,क्युशु ओकिनावा क्षेत्रीय समितिद्वारा आयोजित प्रथम जनसम्पर्क कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचालेको छ ।
नेपाल भलिबल संघ जापानको समन्वयमा आइतबार सम्पन्न सो प्रतियोगिताको उपाधिको लागि पर्वत समाज जापानसंग भएको फाइनल खेलमा ३-० को सोझो सेटमा पराजित गर्दै गलकोट समाज जापान उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा पर्वत समाज जापान उपविजेता बनेको छ ।प्रतियोगिताको उपाधि विजेता गलकोट समाज जापानले नगद ३ लाख येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार येन, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छ। नेपाली जनसम्पर्क समिति जापान,क्युशु ओकिनावा क्षेत्रीय समितिको आयोजनामा भएको एक दिने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो भने दर्शकको पनि उल्लेखनीय उपस्थिती रहेको थियो।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गलकोट समाज जापानका राजन मल्ल, वेष्ट स्पाइकर पर्वत समाज जापानका निलम सिंह, वेष्ट सेटर गलकोट समाज जापानका भविन थापा र वेष्ट डिफेन्डर गलकोट समाज जापानका मनोज केसी छनौट भएका छन ।उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो।
टोकियो देखि क्युसु पुगेर उपाधि उचाल्दै गलकोट समाज जापानको गरिमालाई अझै उचाइमा पुर्याउन पाउदा खुशी लागेको टिमक्याप्टेन भविन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?