`जापानमा बस्ने नेपालीहरुको फुटबल क्रेज’, गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ युनाइटेडले जित्यो

-


     जनहित न्युज    
     चैत्र १२ गते २०७९


जापानको फुकुओका प्रिफेक्चरको कोकुरामा सम्पन्न सेकेण्ड सर्टेड गोरखालीज एफसी फुटसल टुर्नामेण्ट कप २०२३ को उपाधि युनाइटेड फुटबल क्लबले हात पारेको छ । 

फुकुओका आसपास बस्ने नेपालीहरूका बिचमा रहेका १७ टिमको सहभागिता रहेको टुर्नामेण्ट कप प्रतियोगितामा वाजिरो फुटबल क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गरेर प्रथम  भएको युनाइटेडले २ लाख ५० हजार येन हात पार्न सफल भएको छ भने उपविजेतामा चित्त बुझाउन बाध्य भएको वाजिरोले १ लाख २५ हजार येन पाएको छ । 

खेलमा सबैभन्दा अनुसाशित ठहरिएको टिम ओआसी फुटबल क्लबले प्रोत्साहन स्वरूप ट्रफी र सहभागी हरेक टिमले प्रमाणपत्र हात पारेका थिए। धाँधली र होहल्ला रहित खेलमा रेफ्रीको भूमिका निर्मल गुरुङले निर्वाह गरेका थिए। 

विगत ११ वर्षदेखि जापानमा नमस्ते फुड्स संचालन गर्दै आएका विपिन कंडेल प्रमुख अतिथि रहेको प्रतियोगिताको आयोजना सोर्टेड ग‍ोरखा फुटबल कलबले गरेको थियो। 

विजयी टिमहरुलाई पुरस्कार र सहभागी टिमहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रतियोगिताका प्रमुख अतिथि कंडेलले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बिच यस्ता किसिमका कार्यक्रमले एकता, देशप्रेम, खेल र खेलाडीप्रतिको सम्मान गर्न प्रेरित गर्ने भएकोले निरन्तरता दिनको लागि आग्रह गरे । 

सञ्जय शर्मा, विजय राई र सुजन राई सक्रियतामा सम्पन्न स‍ो कार्यक्रमको व्यवस्थापन नमस्ते फुड्सका प्रबन्धक नवीन जिसी, र सञ्जय शर्माले सह्मालेका थिए। नमस्ते फुड्सको प्रमुख प्रयोजन रहेको प्रतियोगितामा पञ्चासे इन्डियन रेष्टुरेण्ट र साइराम इण्डियन रेष्टुरेण्ट प्रायोजन रहेको थियो ।

प्रवासमा रहदापनि संस्कृृति, मनोरञ्जन र खेलकुदलाई संवर्द्धन संरक्षण र निरन्तरताका लागि विभिन्न कार्यक्रमहरु हुने गरेका छन्।रोजगारी तथा अध्ययनका शिलाशिलामा जापान आएका नेपाली खेलप्रेमीहरूले फुटबल,भलिबल र किर्केट जस्ता खेलहरुलाई विभिन्न क्लब ग्रुपहरु बनाएर प्रतियोगिता खेल खेल्ने गर्दछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?