
गलकोट स्पोर्ट्स क्लब टोकियो संस्थाको नवौ बार्षिकोत्सव तथा नेपाली नया वर्ष २०८० को अवसरमा भएको आठौ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा पर्वत समाज जापान विजेता बनेको छ ।

स्थापनाकालदेखि वार्षिक रूपमा नियमित प्रतियोगिता संचालन गर्दै आइरहेको क्लबको सोमवार कामातामा सम्पन्न प्रतियोगिमा सहभागी १० टिमलाई परास्त गर्दै घुम्टे युवा परिवार जापान उपविजेता भएको छ ।

विजेता टिम पर्वत समाज जापानले नगद ३ लाख १९ हजार ९९९ जापानी येन नगद, सिल्भर कप, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता घुम्टे युवा परिवार जापानले २ लाख १९ हजार ९९९ जापानी येन नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ।
“स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद” भन्ने मान्यता राखेर स्थापना भएको क्लबले आयोजना गरेको प्रतियोगितामा सान्त्वना तर्फ आयोजक टिम गल्कोट स्पोर्ट्स क्लव टोकियो र गलकोट समाज जापान भै दुबै टिमले ५५ हजार ५५५ जापानी येन नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।

टोकियोको कामातामा रहेको ओता सिटी जेनरल म्युजियम हलमा भएको प्रतिस्पर्धामा १२ टिमले नकआउट सिस्टममा आधारित रहि भएको खेलमा प्रत्येक प्रतियोगितामा बिजेता टिम भित्रबाट सबैभन्दा उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधीद्वारा पुरस्कृत गरिएको थियो। उक्त विधागत अन्तरगतको विजेता टिम पर्वत समाज जापानको टिमबाट वेस्ट देव शर्मा माईला वेष्ट क्विकर प्रकाश चन्द्र जोशी, वेष्ट सेटर उमेश लामिछाने, वेष्ट कोच सुभाष लामिछाने र उपविजेता घुम्टे युवा परिवार जापानको टिमबाट वेष्ट स्पाइकर प्रदिप गुरुङ वेष्ट बल्कर धिरेन्द्र सिंह ठकुरी र वेष्ट डिफेन्डर मनोज केसीलाई ट्रफीद्वारा पुरस्कृत गरिएको खेल संयोजक गणेश केसीले जानकारी दिए ।


खेल संचालनका लागि रेफ्री, प्राविधिक तर्फको सम्पुर्ण जिम्मेवारी नेपाल भलिबल संघ जापान शाखाले सहयोग उपलब्ध गराएको थियो भने नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गरुङको संयोजकत्वमा सम्पूर्ण खेल संचालन गरिएको थियो।
उद्धघाटन खेल मगर समाज गुम्वा र कर्णाली प्रदेशको टिमद्वारा संचालन गरिएको थियो। उद्धघाटन खेल र फाईनल खेलमा संस्थाका अध्यक्षद्वारा भलिबललाई प्रमुख अतिथि, संरक्षक र सिल्भर कप प्रायोजकलाई हस्तान्तरण गरि सुरुवात गरिएको थियो।

सन् २०१५ सालमा स्थापना भएको संस्थाले स्थापना कालदेखि नै खेलकुद क्षेत्रमा विशेष योगदान पुराउने एक जना व्यक्तिलाई सम्मान गर्दै आइरहेकोमा यस पटक सो सम्मान पश्चिमाञ्चल नेपाल भलिबल संधका संस्थापक अध्यक्ष श्री गुरुङलाई सम्मना पत्र र दोसल्ला ओडाएर गरिएको भने संस्थाको स्थापना कालदेखि गल्कोट स्पोर्ट्स क्लव टोकियोको प्रतिनिधित्व गर्दै खेलको माध्यमबाट संस्थाको गरिमा फराकिलो बनाएकोमा १८ जना खेलाडीलाई कार्यक्रमको बिच सम्मान गरिएको अध्यक्ष डिलाराम निउरेले बताए।

प्रतियोगिताको औपचारिक कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगदाता, संस्थागत सहकार्य गर्नुहुने सामाजिक संघ संस्था, समाजसेवी व्यक्तित्व, त्यस्तै गरेर नेपालबाट जापानका विभिन्न शहरमा सांगीतिक कार्यक्रम लिएर आएको नेपालको ईन्द्रेणी टिमलाई घुम्टे नौमति बाजासहित, सम्मान पत्र, मायाको चिनो र खादाद्वारा अध्यक्ष डिलाराम निउरे, प्रमुख अतिथि गलकोट समाज जापानकी अध्यक्ष कालीका थापा, संरक्षक गिरी शेरचन,रत्नसिंह बस्नेत, लक्ष्मण कार्की र सल्लाहकार ज्यूहरुले संयुक्त रुपमा गरेको संस्थाका महासचिव हिमाल कडेलले बताए।

औपचारिक कार्यक्रमको उद्धघाटन सिल्भर कपलाई प्रमुख अतिथि गलकोट समाजकी अध्यक्ष थापाबाट सिल्भर कपलाई खोल्नुका साथै नेपाली राष्ट्रिय गान बजाएर गरिएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष डिलाराम निउरेको अध्यक्षता, गलकोट समाज जापानकी अध्यक्ष थापाको प्रमुख आतिथ्यता, महासचिव हिमाल कडेलको संचालन र सचिव दिनेश थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।












