
नेपाल युथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी मार्च २६ तारिखका दिन दोस्रो (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जापानमा विगत लामो समय देखि विभिन्न संस्था र क्लवहरुले खुल्ला तथा मैत्रीपुर्ण रुपमा भलिबल प्रतियोगिताहरु आयोजना गर्दै आईरहेको अवस्थामा NYSC क्लवले भने यसपटक अन्यहरुले भन्दा केहि फरक र नौलो प्रतियोगिता स्वरुप ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिए। जापानमा रहेको भलिबल खेलाडी र खेलप्रेमीको भावना तथा अमुल्य सुझाव र सल्लाह अनुसार यस किसिमको प्रतियोगिताको आयोजना गर्न लागेका हौ अध्यक्ष थापाको भनाई छ।
“खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मान्यताका साथ स्थापना भएको क्लबले युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव , सुमधुर समाजिक सम्बन्ध निर्माण गरी नेपाल को रास्ट्रीय खेल भलिबल को संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेकोले प्रवासमा रहेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्न प्रतियोगिताको आयोजना गरिएको हो। यस प्रतियोतामा खेलाडीको सङ्ख्या ३ जना र कोच १ जना रहने गरि टिमको दर्ता रहनेछ।
पछिल्लो समय जापानमा भलिबल खेल खेल्ने खेलाडीको सङ्ख्यात्मत रुपमा अत्यधिक वृद्धि हुदापनि प्रतियोगिताहरु सोचे अनुसारको प्रतिस्पर्धा हुन नसकेको अवस्थाको मध्यनजर गर्दै ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो यसमा सहभागि हुने खेलाडीले आफ्नो पुरा खेल देखाउन सक्ने अवसर खेलाडीका लागि प्राप्त हुनेछ। नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक केशव सुवेदीले जानकारी दिए।
जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानबासी नेपालीहरुको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगीहरुको सहभागिता रहनेमा विश्वस्त रहदै सबै जापानबासी नेपालीहरुमा आर्थिक नैतीक तथा भौतिक सहभागिताको लागि संयोजक केशब सुबेदीले सबैमा अनुरोध गरेका छन् ।
प्रथम हुने टिमलाई १ लाख ५० हजार येन नगदसहित कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई १ लाख येन नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद ५० हजार येन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाईएको छ ।
खेल 〒169-0072 Tokyo, Shinjuku City, Okubo, 3 Chome-1-2 1F(Shinjuku Cosmic Sports Center)को खेल मैदानमा प्रचलित नियम अनुसार हुनेछ।