दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ हुदै

-


     दिनेश थापा    
     चैत्र ११ गते २०८१


टोकियो/ बोहोराफाँट समाज जापानले दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ गर्ने भएको छ ।

“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान ॥ समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “।।
भन्ने मुल नाराका साथ आफ्नो जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पुर्वाधार विकाशमा सरोकारवाला निकाएसगको समन्वयमा सहयोग गर्ने पवित्र उदेश्यका साथ विदेशि भुमिमा पनि खेलकुदको माध्यमबाट आपसि सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण प्रवर्द्धन गर्दै विदेशी भुमिमा रहेका भलिबल खेलाडीहरुको हौसला वृद्धि गर्ने मुख्य उदेश्य सहित बोहोराफाँट समाज जापानले दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ आयोजना गर्न लागेको अध्यक्ष एक बहादुर बोहोराले जानकारी दिए। जापानमा आयोजना गरिने गरेका भलिबल प्रतियोगितामा सर्वाधिक राशिको पुरस्कार राखेर अत्यन्तै भव्य रुपमा पहिलो प्रतियोगिता सम्पन्न गरेको स्मरण गर्दै यस पटक २०२५-५-२१ तारिकका दिन साईतामा मा रहेको तोडा स्पोर्ट्स सेन्टरमा प्रतियोगिता आयोजना गर्व लागेको अध्यक्ष बोहोराको भनाई छ।

जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानबासी नेपालीहरुको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगीहरुको सहभागिता रहनेमा विश्वस्त रहदै सबै जापानबासी नेपालीहरुमा आर्थिक नैतीक तथा भौतिक सहभागिताको अपेक्षा गरेको महासचिव पवन बोहोराले बताए। नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्दै युवाहरुलाई जन्मस्थानसम्म जोडेर आफुहरुले जन्मस्थान र कर्मभूमिलाई जोड्नका लागि एउटा पुलको काम समेत गरेको महासचिव बोहोराले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४ लाख २० हजार येन नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २६ हजार येन नगद, कप, मेडल र प्रमाण-पत्र तथा सान्त्वना हुने दुई समुहलाई नगद ५५ हजार येन नगद र प्रमाण-पत्र रहेको आर्थिक संयोजक बसन्त बोहोराले बताए।

प्रतियोगिता अवधि भरि हरेक प्रतियोगितामा विजेता टिमका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफीले पुरस्कृत गर्नुका साथै विधागत पुरस्कार तर्फ बेष्ट प्लेयर, बेष्ट स्पाईकर, मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट सर्भर र बेष्ट कोचलाई सम्मान गरिने खेल संयोजक केशव बोहोराले जानकारी दिए। प्रतियोगितामा खेलाडी सङ्ख्या तर्फ अफिसियल १ जना सहित सहित ९ जनाको सहभागिता रहन सक्नेछ भने हरेक सहभागि टिमले नेपालको प्रदेश वा सो सरह भन्दा माथि खेल खलेका खेलाडी बढिमा २ जना समावेश गर्न पाउनेछन् खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने खेल संयोजक बोहोराको भनाई छ । खेल Toda City Sports Center 1286 Niizo, Toda, Saitama 335-0021 मा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ५०हजार येन तोकिएको छ। खेल प्रतियोगिताको टाईसीट में २० तारिक ५ बजे सार्वजनिक गरिने वरिष्ठ उपाध्यक्ष प्रकाश बोहोराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?