दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने

-


     जनहित न्युज    
     फागुन १३ गते २०८०


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुने दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगितामा ३० टिमको सहभागिता हुने भएको छ।
युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरू मध्य टिम दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बिच टाई सिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।

फुटसल प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टिमको सहभागिता हुने निश्चित भै सोहि आधारमा टाई सिट सार्वजनिक गरिएको ‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिताका संयोजक तथा युवा संयोजक मुक्तिराम रेग्मीले जानकारी दिए।
‘दोस्रो एनआरएनए फुटसल रनिङ कप २०२४’ फुटसल प्रतियोगिता खेल सञ्चालनको सहजताका लागि ग्रुप ए देखि ग्रुप एच सम्म ग्रुप विभाजन गरि गोलाप्रथाको आधारमा टाई सिट तयार गरिएको एनआरएनए जापान कान्तो क्षेत्रीय समितिका संयोजक सागर कार्की ले टाई सिट सार्वजनिक कार्यक्रमममा जानकारी गराएका थिए। “ग्रुप ए, बि, सि, इ, एफ, जि मा चार/चार टिमको प्रतिष्पर्ध गर्ने र ग्रुप डि र ग्रुप एचमा तीन/ तीन टिमले प्रतिस्प्रर्धा गर्ने छन् । ” कार्कीले भने- ती टिमबाट क्रमश क्वाटर फाइनल, सेमी फाइनल र च्याम्पेन्सिप हुने गरी खेल सञ्चालन गरिने छ।

प्रतियोगिताको टाई सिट सार्वजनिक कार्यक्रमका बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको बताए।
जापानको चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विनर हुने टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाका संयोजक समिरजङ्ग खड्काले बताए।
जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गतवर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रुपमा निरन्तरता दिन लागिएको टाई सिट सार्वजनिक कार्यक्रम सञ्चालन गर्दै एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए।

जापानमा रहेका सबै संघ संस्था व्यावसायिक व्यक्तित्व एनआरएनएका अभियन्ता र सामाजिक अभियन्ताहरुलाई उक्त फुटसल प्रतियोगिताका लागि लागि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नका लागि एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले आग्रह गरे ।
खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा वेष्ट प्लेयर,वेष्ट गोलकिपर, द टप स्कोरर, द वेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतियोगितालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरि आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत व्यवस्थित मर्यादित र शान्तपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाइ छ।
टाई सिट सार्वजनिक कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र कार्यक्रम संयोजक मुक्तिराम रेग्मीको स्वागत मन्तव्य सम्पन्न भएको थियो।कार्यक्रममा एनआरएनए जापान अन्तर्गतको नेपाली भाषा, कला, साहित्य सांस्कृतिक विभागका संयोजक रविन शर्माले समेत मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको आयोजक एनआरएनए जापान सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?