मार्च १ मा प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदै

-


     जनहित न्युज    
     माघ १६ गते २०८०


नेपाल युथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी मार्च १ तारिखका दिन प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार गर्न तथा दिर्घरोगी भलिबल खेलाडीहरुका लागि उपचारार्थ सहयोग गर्ने उद्देश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बसन्त थापाले जानकारी दिए।
आफ्नो स्थापनाकालदेखि नै जापानमा हुने अधिकांश भलिबल प्रतियोगिताहरूमा निरन्तर सहभागिता जनाउदै आएको क्लबले पहिलो पटक खेलाडीहरूको उपचारमा सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेका हौ अध्यक्ष थापाको भनाई छ।
“खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो” भन्ने मान्यताका साथ स्थापना भएको क्लबले युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव , सुमधुर समाजिक सम्बन्ध निर्माण गरी नेपाल को रास्ट्रीय खेल भलिबल को संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेकोले प्रवासमा रहेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्न प्रतियोगिताको आयोजना गरिन लागेको कार्यक्रम संयोजक भिक्टर ठाडा मगरले बताए ।

जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानबासी नेपालीहरुको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहदै सबै जापानबासी नेपालीहरुमा आर्थिक नैतीक तथा भौतिक सहभागिताको लागि आर्थिक संयोजक केशब सुबेदीले सबैमा अनुरोध गरेका छन् ।

प्रथम हुने टिमलाई २ लाख ५५ हजार ५ सय ५५ येन नगदसहित कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई १ लाख ५५ हजार ५ सय ५५ येन नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५ सय ५५ येन नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाईएको छ । प्रतियोगिता ७ विधाका ७ जनालाई उत्कृष्ट छनोट गरि ट्रफि प्रमाणपत्र प्रदान गरिने तथा अनुसाशीत टिम छनोट गरी ट्रफीले सम्मान गरिने पनि बताईएको छ । प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार येन तोकिएको छ ।

खेल 〒169-0072 Tokyo, Shinjuku City, Okubo, 3 Chome-1-2 1F(Shinjuku Cosmic Sports Center)को खेल मैदानमा प्रचलित नियम अनुसार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?