जिल्ला भलिबल संघ बागलुङले चुम्यो सन्तोष थापा स्मृति कपको उपाधि

-


     अशोक बुढ़ाथोकी    
     फागुन १३ गते २०८०


जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो ।

चापाकोट नगरपालिका वडा नम्वर ९ सुन्तली टारमा रहेको गंगालाल माविको खेल मैदानमा भएको खेलको प्रतिस्पर्धात्मक पहिलो सेट २५–२७ ले गुमाएको बागलुङले त्यसपछिको तीन सेट क्रमश २५–२०, २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा बागलुङले पछि परेको स्थिति उल्ट्याएर जित निकाल्न सफल भएको हो ।

उपाधिसँगै बागलुङले १ लाख ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको स्याङ्जाले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । आइतबारै पर्वतले जिल्ला भलिबल संघ नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

दोस्रो चापाकोट महोत्सव अन्तरगत गण्डकी प्रदेश तथा स्याङ्जा जिल्लाका महत्वपूर्ण भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा मगरको स्मृतिमा चापाकोट उद्योग वाणिज्य संघले प्रतियोगिताको आयोजना गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?