समाज

पोखरा जादै गरेको सवारी पर्वतमा दुर्घटना, १ मृत्यु १३ घाइते

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  दुर्घटनामा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामका ३१ बर्षिय लालबहादुर थापाको पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको छ । जिप सडकबाट हुत्तिएर सडक बाहिरको नालीको भागमा… पुरा पढौ

जापानमा जुलाई ३० र ३१ तारिक १२ औ ‘नेपाल फेस्टिवल-२०२२’ आयोजना गरिने

नेपाल र नेपालीको मौलिक पहिचानलाई जापानमा परिचित बनाउदै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिक आयोजना गरिन लागिएको छ । १२ औ नेपाली फेस्टिवलको रूपमा जापानको नाकानो कु को एक पार्कमा आयोजना गरिन लागिएको सो फेस्टिवललाई व्यवस्थित रूपमा संचालन गर्नको लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ‘नेपाल फेस्टिवल-२०२२’ मूल आयोजक समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।नेपाल फेस्टिवललाई व्यवस्थित र उद्देश्य… पुरा पढौ

उदयपुरको कटारीमा बुथ कब्जा गर्न खोज्दा गोली चल्यो, एकजनाको मृत्यु 

उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १८ वर्षिय विरबहादुर कटुवाल रहेका छन् । उनको छातिमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर अर्का स्थानीय १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएका छन्। उनको खुट्टामा गोली लागेको छ । बाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा… पुरा पढौ

जापान प्रहरीको हिरासतमा मृत्यु भएका मगरको अन्त्येष्टि शनिबार नागोयामा गरिने

सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका मृतक मनकुमार मगरको भोली अर्थात् शनिबार जापानको नागोयामा दाहसंस्कार गरिने भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति सदस्य सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि शनिबार लागि दाहसंस्कार गरिने जानकारी दिए । साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक बिहान १० बजेको समयमा प्रहरीको नियन्त्रणमा लिइ हिरासतमा रहँदा स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त… पुरा पढौ

मतदाता बोकेको जिप दुर्घटना, १४ को मृत्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।  ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले… पुरा पढौ

बुटवलमा बम विस्फोटः घटनास्थल नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो 

बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो। घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए। उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। पुरा पढौ

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध

नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण गर्दा बेहोस भएको तथा चक्कर लागेर लडेको घटना बाहिरिएको भन्दै प्रहरीले सुरक्षित रहन भनेको हो । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस… पुरा पढौ

चुनावी अभियानमा दुई पक्षबिच झडप, दुवै पक्षद्वारा क्षतिपूर्ति भराउन माग

स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर काँग्रेसको झन्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् । उता नेपाली काँग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष… पुरा पढौ

चुनाव प्रचारका क्रममा भिरबाट लडेर मृत्यु

प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक जनाको घटनास्थलमै  ज्यान गएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।   आइतबार कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न गएको प्रहरीको भनाई छ । गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ… पुरा पढौ

ठूलो परिमाणको अवैध बहुमल्य जडिबुटी सहित १ महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले २५० किलो अवैध बहुमल्य जडिबुटी सहित १ महिलालाई नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका १ मालढुङ्गामा चेकजाँचका क्रममा १० बोरा सुनाखरी जस्तो देखिने अबैध जडिबुटी सहित प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ की देवी के.सी.ले काठमाडौं लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बागलुङबाट काठमाडौं जाँदैगरेको बा ५ ख २७४५ नम्बरको बसमा चेकजाँचको क्रममा २५० केजी ४ सय ४७ ग्राम बहुमुल्य जडिबुटीसँगै केसीलाई नियन्त्रणमा… पुरा पढौ