जापानमा जुलाई ३० र ३१ तारिक १२ औ ‘नेपाल फेस्टिवल-२०२२’ आयोजना गरिने

- नेपाली फेस्टिवलका लागि स्टल बुकिङ खुला

-


     जनहित न्युज    
     जेठ ३ गते २०७९


नेपाल र नेपालीको मौलिक पहिचानलाई जापानमा परिचित बनाउदै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिक आयोजना गरिन लागिएको छ ।

१२ औ नेपाली फेस्टिवलको रूपमा जापानको नाकानो कु को एक पार्कमा आयोजना गरिन लागिएको सो फेस्टिवललाई व्यवस्थित रूपमा संचालन गर्नको लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ‘नेपाल फेस्टिवल-२०२२’ मूल आयोजक समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।
नेपाल फेस्टिवललाई व्यवस्थित र उद्देश्य अनुरूप संचालन गर्नको लागि विभिन्न ९ वटा विभाग गठन गरि आवश्यक तयारीमा लागिएको छ प्रवक्ता लामिछानेले बताए ।

नेपाल फेस्टिवल २०२२ मूल आयोजक समितिको संयोजक पौडेल, सह-संयोजक कोमियामा योशिहारुप्रचार प्रसारको संयोजक रामकृष्ण श्रेष्ठ, स्टल स्टेज व्यवस्थापन संयोजकमा सुवास लामिछाने, अतिथि सत्कार संयोजकमा संगिता अधिकारी सुवेदी, आर्थिक संकलन संयोजकमा नबिन निउरे, कार्यक्रम संचालन एवं कार्यतालिका व्यवस्थापन संयोजकमा सिद्धार्थ श्रेष्ठ, फोहोर व्यवस्थापन एवं स्वयंसेवक परिचालन संयोजकमा राकेश लामा सांस्कृतिक एवं मनोरञ्जन व्यवस्थापन संयोजकमा रामकृष्ण बम मल्ल, स्टल सामान बाँडफाँड व्यवस्थापन संयोजकमा राम थापा अनिल, स्टल खाना अनुगमन संयोजकमा अञ्जु भण्डारी रहेका छन भने मूल आयोजक समितिको सचिवमा सिद्धार्थ श्रेष्ठ सहसचिवमा कमल बाँस्तोलालाई तोकिएको छ ।

नेपाल फेस्टिवल सम्पूर्ण जापानवासीहरुको साझा कार्यक्रम भएको जनाउँदै एनआरएनए जापानले फेस्टिवलमा जापानमा रहेका सबै संघसंस्थालाई सह संयोजकको रुपमा राखेर कार्य नेपाली फेस्टिवललाई सफल बनाइने बताईएको छ ।
यस बाहेक फेस्टिवल आयोजना गर्न आवश्यक आर्थिक व्यवस्थापनको लागि ५ मान माथि जापानी येन आर्थिक सहयोग गर्ने संघसंस्थालाई पनि सह आयोजकका रुपमा राखेर कार्यक्रम सफल बनाइने प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।

नेपाली फेस्टिवलका लागि स्टल बुकिङ खुला
कार्यक्रम गरिने स्थलमा आफ़नो व्यावसायिक प्रवर्द्धनका लागि तथा नेपाली मौलिकता देखिने गरि आफ़नो स्टल राख्न चाहनेहरूका लागि मे १७ तारिकदेखि स्टल बुकिङ खुला गरिएको छ ।
वस्तु तथा सेवाका स्टल राख्नको लागि व्यक्ति, समूह तथा संस्थागत रूपमा राख्न सकिने र यसका लागि प्रति स्टलको १५ मान जापानी येन तोकिएको प्रवक्ता लामिछानेले बताए ।
भोजनालय अर्थात् रेष्टुरेण्टहरुको लागि भने ४५ मान येन शुल्क निर्धारण गरिएको छ लामिछानेले भने- यस बाहेक रेष्टुरेण्टहरुले फेस्टिवल अगावै १० मान येन डिपोजिट राखिनुपर्ने छ । यो रकम रेष्टुरेण्टजन्य स्टल राख्ने व्यावसायीले फोहोर फालेमा अन्य सरसफाई तथा पार्क क्षेत्रमा क्षति पुर्याएमा पर्न गएको क्षतिको रकम कट्टा गरि फिर्ता गरिने भएको छ । नियमानुसार स्टल राख्नेहरूको अग्रिम जम्मा गरिएको सबै रकम रकम फिर्ता हुने एनआरएनए उनले बताए ।

पहिला बुकिगं गर्नेलाई प्राथमिकताको आधारमा स्टल उपलब्ध गराइने भएकाले व्यक्ति तथा संघसंस्थाहरुलाई यथाशक्य छिटो स्टल लिन आग्रह गरिएको छ । फेस्टिवल स्थलमा बुकपान स्टल १५ वटा र रेष्टुरेण्टको लागि २० वटा मात्र स्टल रहनेछन।
फेस्टिवलमा स्टल राख्न चाहने तथा अन्य स्वयं सेवा गर्न चाहने वा विस्तृत जानकारी चाहिएमा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल ०८०६५२७७४७९, बरिष्ठ उपाध्यक्ष नविन निउरे ०८० ४१४५९९५५, महासचिव सिद्धार्थ श्रेष्ठ ०८० ४०५७ ४७३०, प्रवक्ता सुवास लामिछाने ०८० ४१३३ ६१०५ र सदस्य कर्सागं तामाङ ०७० ३९७४ ६९९२ मा सम्पर्क गर्न सकिनेछ ।

एनआरएनए जापानले फेस्टिवलको प्रभावकारीताको लागि आइतबार राजधानी टोकियोमा सरोकारवाला संघसंस्था र व्यक्तिहरुको सर्वपक्षिय भेला राखेर सुझाव संकलन गर्दै फेस्टिवल आयोजनाको ढाँचा, तयारी र व्यवस्थापन बारे विस्तृत रुपमा जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?