समाज

जापानमा प्रतिष्ठित व्यापारी हूँ भनि विवाहको नाटक गर्दै रकम कुम्लाउने भावना तामाङ जेल चलान

हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।  वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी १ सय ५ मध्ये ५६ घटनाको पूर्ण रूपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी… पुरा पढौ

जापानमा कोरोना परिक्षणको लागि बच्चाको स्वाब अपर्याप्त उपलब्ध गराएको आरोपमा कर्मचारीमाथि तलब कटौती सहितको कारबाही

जापानको ओसाका प्रान्तका कर्मचारीलाई बाल परामर्श केन्द्रमा कोरोनाभाइरस एन्टिजेन परीक्षण गराउनका लागि बच्चाको स्वाब अपर्याप्त पेश गरेको आरोपमा तलब कटौतीको साथै आवश्यक कारवाही गरेको छ ।जुन २३ मा प्रान्तीय सरकारले प्रिफेक्चरको कल्याण विभागको एकाइ प्रमुखको दर्जामा कार्यरत ४७ वर्षीय कर्मचारीलाई छ महिनाको लागि १०% तलब कटौतीको साथमा नैतिक कारवाहीसहित दण्डित गरेको छ ।बच्चालाई अस्थायी रूपमा तोन्दाबायाशी शहरको एक प्रान्तीय बाल परामर्श केन्द्रको हेरचाहमा राखिएको थियो र निजी कल्याणकारी सुविधामा स्थानान्तरण गर्न २०२१ डिसेम्बर १५ मा एन्टिजेन परीक्षणको लागि स्वाबको नमूना… पुरा पढौ

जापानमा बगैचाबाट नै एक हप्तामा १४,४०० आरु चोरी भए

जापानको यामानाशी प्रान्तको फुएफुकी शहरमा रहेको बगैचाबाट करिब १५ लाख बराबरको ५,००० वटा आरु चोरी भएको छ ।प्रहरीले जुन २१ मा दिउँसो करिब ३ बजे एक किसानले बगैचाबाट आरु चोरी भएको उजुरी फोनमार्फत पाएपछि करिब ५ हजार आरु हराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चोरिएको आरु मिसाका हाकुहो नामक जातको हो। चोरी भएको फलको मूल्य १५ लाख येन अनुमान गरिएको छ।सूर्यको प्रतिबिम्बित किरणबाट बचाउन र आरुको रंगलाई जोगाइ राख्नको लागि रूखको मुनि राखिएका सेतो पानाहरूमा गाडीको टायर ट्र्याकहरू फेला परेको प्रहरीले… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने बालक बागलुङ गलकोटका मामा भान्जा रहेको पुष्टि, आगामी बिहिबार अन्तिम दाहसस्कार गरिने( ठेगानासहित)

जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा आइतबार पानीमा डुबेर मृत्यु हुने दुई जना बालकको परिचय खुलेको छ ।पौड़ी खेल्ने क्रममा मृत्यु हुनेमा बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ६ चारौदी जामुनडाडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौदीमा मामाघर भै बाँके ज़िल्ला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय देवेन पाण्डे रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।नाताले मामा भान्जा पर्ने ती बालक आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने… पुरा पढौ

नेपालीलाई अर्कों दुःखद खबर: जापानमा पौडी खेल्ने क्रममा डुबेर दुईजना नेपाली बालकको मृत्यु

जापानको टोकियो हिनो सिटीस्थित तामा नदीमा पौड़ी खेल्ने क्रममा पानीमा डुबेर नेपाली दुईजना बालकको मृत्यु भएको छ ।आइतबार दिउसो पौड़ी खेलनका लागि सो खोलामा गएका करिब १३ र १४ वर्षीय ती बालक बेलुका ४: १० बजे पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जापानी समाचार माध्यम एनएचकेले जनाएको छ । दुवै जना आफन्त पारिवारिक भिषामा जापानमा बसदै आएको र सो समयमा के कति कारणले खोलामा पुगे भन्ने बारेमा… पुरा पढौ

२४ वर्षदेखि जापानमा बस्दै आएकी जिवित शान्ताको मृत्यु दर्ता गरि दलालले करिब ४ करोडमा जग्गा बेचिदिएपछि …

शान्तादेवी लोहनीको २४ वर्ष पहिलेदेखि जापानमै बसोबास छ। कीर्तिपुर नगरपालिका २ मा उनको ३६१.९५ वर्गमिटर जग्गा रहेको थियो । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको सो जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री थाहा पाउदा उनी छागाबाट खसेजस्तै भइन । लोहनीले २०६१ माघ १३ गते सो जग्गा खरिद गरेकी थिइन् । शान्ता अझ अचम्म त यतिखेर परिन मालपोत कार्यालयको रेकर्ड अनुसार त झण्डै दुई वर्ष पहिले नै उनी बितिसकेको… पुरा पढौ

गलकोट समाज पोखराले बनाउन सुरु गर्यो ’समाजघर’

गलकोट समाज पोखराले एक कार्यक्रम बिच आफ्नो समाजघर निर्माणका लागि जगपुजा( शिलान्यास) सम्पन्न गरेको छ ।पोखराको केन्द्र भाग पर्ने १४ चाउथे रातडांडामा समाजले हालै खरिद गरेको करिव ११ आना जग्गामा स्पोर्ट्स सेन्टर सहितको समाजघर निर्माणका लागि शिलान्यास गरि निर्माणको काम प्रारम्भ गरेको हो । बागलुङको गलकोट क्षेत्रका पोखरामा बसोबास गर्ने पोखरेली गलकोटेहरुको संस्था गलकोट समाज पोखराले करिव २ करोड लगानीमा सो समाजघर बनाउन थालेको हो ।शिलान्यासका लागि घुम्टे पहाडको शिला, दरम र गौदीखोलाको पानी,गाजादहको माटोर ताराखोलाको फ़ुल जगमा राखेर शिल्यास… पुरा पढौ

बालिकामाथि अभद्र व्यवहार गर्ने जापानका चर्चित टिकटकरलाई प्रहरीले पक्राउ गर्यो

नागोया-१६ वर्षीय आफ़नो फलोवरलाई अभद्र व्यवहार गरेको आरोपमा जापान प्रहरीले दुई जना टिकटकरलाई पक्राउ गरेको छ।आइची प्रान्तीय प्रहरीले प्रान्तको बाल संरक्षण र पालनपोषण क़ानून उल्लङ्घन गरेको आरोपमा घर व्यवसाय मालिक २४ वर्षीय युमा हमाडा र २० वर्षीय सोतारो ओजिमालाई शनिबार पक्राउ गरिएको जनाएको छ।पक्राउ परेका संदिग्ध व्यक्तिसँग लोकप्रिय TikTok एकाउण्टहरू थिए जसबाट उनीहरूले महिनामा सयौं हजार येन (धेरै हजार डलर) कमाउँथे। दुवैले आफूमाथि लागेको आरोपलाई स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीसंगको बयानमा आफूहरू टिकटकमा चर्चित रहेकोले आफ्नो यौन इच्छा पूरा… पुरा पढौ

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम जन्मदर , गतवर्ष मात्र ६ लाख बढि घट्यो जनसंख्या

जापानमा १ सय २० वर्ष यता कै सबैभन्दा कम शिशु जन्मेको सरकारी तथ्याङ्कले देखाएको छ।२०२१ मा रेकर्ड गरिएको तथ्यांक अनुसार गत वर्ष ८ लाख ११ हजार ६०४ शिशुको मात्र जन्म भएको थियो जुन १८९९ यता कै सबैभन्दा कम भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा भनिएको हो ।जन्मदरका हिसाबले जापान सन् १८९९ मा फर्किएको छ स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने- सन २०२१ मा कम जन्मेको संख्या रेकर्ड देखियो जुन जनसंख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो । स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सङ्कलन गर्न थालेपछिको यो… पुरा पढौ