समाज

लिनेदिने दुवैले जानून्, यस्तो छ घरबहाल सम्बन्धी कानून

पेशा, व्यवसाय, रोजगारी गर्ने सबैको सबै ठाउँमा घर वा व्यावसायिक जग्गाजमीन हुन्छ भन्ने हुँदैन । त्यस्तो अवस्थामा घर वा जग्गाजमीन बहाल लिनुपर्ने हुनछ । विशेष गरी शहरी क्षेत्रमा आवासीय वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने–दिने कार्य धेरै हुने गर्छ । आजभोलि ग्रामीण भेगमा पनि आफ्नो नहुनेले अरूको घरजग्गा बहालमा लिएर बस्ने प्रचलन बढ्दो छ ।  शहरी क्षेत्रमा कतिपयले घर बहाललाई मुख्य आम्दानीको स्रोत बनाएर जीविकोपार्जन गरिरहेका हुन्छन् । कोही बहालकै घरमा पेशा– व्यवसाय गरेर जीवन निर्वाह र मनग्ये आयआर्जनसमेत… पुरा पढौ

रातारात भाइरल बनाइएका सेलेब्रिटी बालक(सचिन परियार)को दर्दनाक कथा

उनले स्कुल नटेकेको ६ महिना नाघ्यो । देशको राजधानी काठमाडौंबाट पुरानै थातथलो गुल्मी फर्केको महिनौँ भइसक्यो । पुतलीबजारस्थित अढाइतले घरको भुइँतलाकाे सटरमा उनको बसाइ कम छटपटीपूर्ण छैन । युट्युबरले रातारात भाइरल गराएका बालक सचिन परियार शारीरिक रूपमा त अस्वस्थ थिए नै, अहिले छिनमै भनेका कुरा छिनमै बिर्सने समस्यासमेत उनमा देखिन थालेकाे छ । केही महिनाअघि निमोनिया भएर हप्तौँ थला परेका थिए । अहिले नशासम्बन्धी समस्यासँग जुधिरहेका छन् । उनकाे वजन वृद्धि भएकाे छ तर उचाइ भने बढिरहेकाे छैन । औषधि खाइरहेका सचिन घरिघरि बाहिर… पुरा पढौ

अनलाइन जुवा खेल्ने र खेलाउने १२ जना पक्राऊ

हेटौँडा उपमहानगरपालिकामा अनलाइन जुवा खेल्ने १२ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्ट्रिङ अप्रेशन गरेर आज मङ्गलवार पक्राउ गरेको हो । हेटौँडा ४ कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिइ कुलदीप पाठकले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउँदै गर्दा उनीसहित अन्य ११ जना पक्राउ परेका हुन् ।  प्रहरीले पाठकसँगै हेटौँडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौँडा ४ कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौँडा १४ चुरियामाईका… पुरा पढौ

जापानमा प्रतिष्ठित व्यापारी हूँ भनि विवाहको नाटक गर्दै रकम कुम्लाउने भावना तामाङ जेल चलान

हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।  वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी १ सय ५ मध्ये ५६ घटनाको पूर्ण रूपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी… पुरा पढौ

जापानमा कोरोना परिक्षणको लागि बच्चाको स्वाब अपर्याप्त उपलब्ध गराएको आरोपमा कर्मचारीमाथि तलब कटौती सहितको कारबाही

जापानको ओसाका प्रान्तका कर्मचारीलाई बाल परामर्श केन्द्रमा कोरोनाभाइरस एन्टिजेन परीक्षण गराउनका लागि बच्चाको स्वाब अपर्याप्त पेश गरेको आरोपमा तलब कटौतीको साथै आवश्यक कारवाही गरेको छ ।जुन २३ मा प्रान्तीय सरकारले प्रिफेक्चरको कल्याण विभागको एकाइ प्रमुखको दर्जामा कार्यरत ४७ वर्षीय कर्मचारीलाई छ महिनाको लागि १०% तलब कटौतीको साथमा नैतिक कारवाहीसहित दण्डित गरेको छ ।बच्चालाई अस्थायी रूपमा तोन्दाबायाशी शहरको एक प्रान्तीय बाल परामर्श केन्द्रको हेरचाहमा राखिएको थियो र निजी कल्याणकारी सुविधामा स्थानान्तरण गर्न २०२१ डिसेम्बर १५ मा एन्टिजेन परीक्षणको लागि स्वाबको नमूना… पुरा पढौ

जापानमा बगैचाबाट नै एक हप्तामा १४,४०० आरु चोरी भए

जापानको यामानाशी प्रान्तको फुएफुकी शहरमा रहेको बगैचाबाट करिब १५ लाख बराबरको ५,००० वटा आरु चोरी भएको छ ।प्रहरीले जुन २१ मा दिउँसो करिब ३ बजे एक किसानले बगैचाबाट आरु चोरी भएको उजुरी फोनमार्फत पाएपछि करिब ५ हजार आरु हराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चोरिएको आरु मिसाका हाकुहो नामक जातको हो। चोरी भएको फलको मूल्य १५ लाख येन अनुमान गरिएको छ।सूर्यको प्रतिबिम्बित किरणबाट बचाउन र आरुको रंगलाई जोगाइ राख्नको लागि रूखको मुनि राखिएका सेतो पानाहरूमा गाडीको टायर ट्र्याकहरू फेला परेको प्रहरीले… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने बालक बागलुङ गलकोटका मामा भान्जा रहेको पुष्टि, आगामी बिहिबार अन्तिम दाहसस्कार गरिने( ठेगानासहित)

जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा आइतबार पानीमा डुबेर मृत्यु हुने दुई जना बालकको परिचय खुलेको छ ।पौड़ी खेल्ने क्रममा मृत्यु हुनेमा बागलुङ ज़िल्ला गलकोट नगरपालिका वार्ड नम्बर ६ चारौदी जामुनडाडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौदीमा मामाघर भै बाँके ज़िल्ला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय देवेन पाण्डे रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।नाताले मामा भान्जा पर्ने ती बालक आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने… पुरा पढौ

नेपालीलाई अर्कों दुःखद खबर: जापानमा पौडी खेल्ने क्रममा डुबेर दुईजना नेपाली बालकको मृत्यु

जापानको टोकियो हिनो सिटीस्थित तामा नदीमा पौड़ी खेल्ने क्रममा पानीमा डुबेर नेपाली दुईजना बालकको मृत्यु भएको छ ।आइतबार दिउसो पौड़ी खेलनका लागि सो खोलामा गएका करिब १३ र १४ वर्षीय ती बालक बेलुका ४: १० बजे पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जापानी समाचार माध्यम एनएचकेले जनाएको छ । दुवै जना आफन्त पारिवारिक भिषामा जापानमा बसदै आएको र सो समयमा के कति कारणले खोलामा पुगे भन्ने बारेमा… पुरा पढौ

२४ वर्षदेखि जापानमा बस्दै आएकी जिवित शान्ताको मृत्यु दर्ता गरि दलालले करिब ४ करोडमा जग्गा बेचिदिएपछि …

शान्तादेवी लोहनीको २४ वर्ष पहिलेदेखि जापानमै बसोबास छ। कीर्तिपुर नगरपालिका २ मा उनको ३६१.९५ वर्गमिटर जग्गा रहेको थियो । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको सो जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री थाहा पाउदा उनी छागाबाट खसेजस्तै भइन । लोहनीले २०६१ माघ १३ गते सो जग्गा खरिद गरेकी थिइन् । शान्ता अझ अचम्म त यतिखेर परिन मालपोत कार्यालयको रेकर्ड अनुसार त झण्डै दुई वर्ष पहिले नै उनी बितिसकेको… पुरा पढौ