समाज

आज एकैदिन रक्षाबन्धन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए ।… पुरा पढौ

घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा उपसचिव ६ लाख घुससहित पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् । काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ परेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।  काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी… पुरा पढौ

ख्याल गर्नुस ! आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।  पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रस्तावमा विधेयक पारित भएको हो । पारित… पुरा पढौ

वैदेशिक रोजगारमा जाने नेपाली सवैभन्दा बढि साउदी अरबमा, मजदुर भिषामा जाने धेरै

वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत्‌ नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि कतार ७१,२८० जना, यूएई ४३,६८० जना, कुवैत २०,८७८ र मलेशिया १९,६३५ जना गएको तथ्याङ्क छ। त्यसपछि म्यानपावर कम्पनीमार्फत्‌ धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान… पुरा पढौ

पूर्वजले बनाएको जिर्ण चौतारीलाई नया रूप दिएरै छाडे जापानमा कार्यरत राम थापा काजीले

उबेला चौतारीमा भरिया सुस्ताउँथे, बटुवाले बिसाइ मार्थे । खेतीपाती र घाँसदाउरा गर्नेहरु थकान मेट्थे । चौतारीमा वरपीपल हुन्थे । तिनले धार्मिक विश्वास बोक्थे । चौतारी लोकजीवनका साझी थिए । पछि विकास आयो । मानिसका आनाबानी फेरिए । चौतारी बेवास्तामा परे । कति सडकले मासे । कुनै सम्भार नपाई भत्के । गाउँको चिनारी बोकेका चौतारी सङ्कटमा पर्दै गए । समयसालमा लोपै भएर पो जाने हुन् कि भन्ने पीरलो थपियो । गाउँलाई सडकले छिचोलेपछि चौतारी ओझेलिए । रेखदेख पनि भएन । यस्तो… पुरा पढौ

जापानमा झूटो विवरण बुझाई भिषा थप गर्ने दलालसहित चार जना नेपाली पक्राउ

वास्तविकता काम नभएको रेस्टुरेन्टमा काम गरेको भन्दै झुटो विवरण सहितको निवेदन दिएर बसोबासको हैसियत नविकरण गर्ने चार नेपाली दलाललाई जापान प्रहरीले पक्राउ गरेको छ ।४३ वर्षीय बहादुर बुजेलसहित चार नेपालीले गत वर्ष झूटो विवरणसहितको निवेदन दिएर आवास नवीकरण गरेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जापान प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । पक्राउ परेका दुई नेपालीलाई आफूले चिनेको रेस्टुरेन्टमा कर्मचारीका रूपमा अनुमति नलिई निवेदन दिएर बहादुरले बसाइको म्याद थप गरेको टोकियो महानगरीय प्रहरी विभागले जनाएको छ ।बहादुरले SNS मा… पुरा पढौ

आर्थिक बोझ, स्वतन्त्रता गुम्ने भन्दै जापानीले ३० वर्ष नाघेपछि  विवाह गर्न चाहदैनन

सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्। सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो। दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो। दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको… पुरा पढौ

प्रिन्सिपलको कुटाइबाट विद्यार्थी गम्भीर घाइते 

बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट गम्भीर बनेका हुन् । घाइते विकको शरिरमा चोट नभए पनि टाउको र शरिरका विभिन्न अंगहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिगंगटा लागेर उठ्न नक्ने भएको विककी आमा मन्सरा विकले जानकारी दिएको आदर्श संचार अनलाइनले समाचार लेखेको… पुरा पढौ

बागलुङमा २ हजार ७ सय एम्पुलको लागुऔसत सहित ४ जना पक्राउ

बुटवलबाट बागलुङ तर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको यात्रुबाहक बसबाट ३ प्रकारका २ हजार ७ सय ४६ एम्पुल लागू औषधसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना इन्द्रबहादुर रानाका अनुसार विशेष सुराकीको आधारमा खटिएका प्रहरीको टोलीले आइतबार दिउसो बागलुङ बजारको चिप्लेटी बसपार्कबाट पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीका ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र… पुरा पढौ

म्याग्दीमा विदेश जान कै लागि सम्बन्ध बिच्छेद गराउनेको संख्या बढ्यो

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको संख्या बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा दर्ता भएका कुल मुद्दामध्ये आधा बढी नै सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चालू आवमा जिल्लामा कुलसय ३… पुरा पढौ