समाज

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन, यस्ता छन् धार्मिक महत्व 

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी  पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। सनातन धर्मावलम्बीले… पुरा पढौ

सँगै सुतेका पति अर्कै महिलासँग कुरा गरेपछि पत्नीद्वारा हत्या !

बागलुङ — ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ ।बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले २५ वर्षीय पति गुनबहादुर विकको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् । गत साउन २५ गते राति उनले पतिको टाउको छिनाएर निसीखोलामा बगाएको घटना सार्वजनिक भएको हो । साउन २५ गते हत्या गरेर फाले पनि भदौ १ गते टाउको बिनाको शव खोलामा भेटिएको थियो । शव भेटिएपछि प्रहरीले गरेको अनुसन्धानमा पत्नी कुमारी र… पुरा पढौ

“म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भन्दै किशोरीले गरिन चक्कु प्रहार

जापानको शिबुयामा एक किशोरीले मृत्युदण्ड पाउने चाहना राखेर आफूले भेटेका दुई व्यक्तिलाई अन्धाधुन्ध रूपमा चक्कुले आक्रमण गरेको बताएकी छन ।चक्कु आक्रमण गरि हत्या प्रयासको आशंकामा शनिबार साईतामाको तोडामा बस्ने १५ वर्षीय पक्राउ परेकी जुनियर हाईस्कूलकी ती किशोरीले "म मृत्युदण्ड पाउन चाहन्थें, त्यसैले मैले दुई महिलालाई मार्ने प्रयास गरें“ भनेर छुरा हानेको प्रहरीले जनाएको छ । नाबालिग भएकाले उनको नाम गोप्य राखिएको छ ।५३ वर्षीया महिला र उनकी १९ वर्षीया छोरीमाथि शनिबार बेलुका ७ः२० बजे पछाडिबाट चक्कु प्रहार गरेकी ती किशोरीलाई… पुरा पढौ

नेपालकै अग्लो पुलबाट हाम फालेर बिदा भइन प्रमिला …

बागलुङ: पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन्। बागलुङ नगरपालिका १४ बस्ने वर्ष ३३ की प्रमिला अखेली। दुई नाबालिग छोरा र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बागलुङको कैयाबासीहरु सबैलाई रुवाएर बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हाम्फालेर सँधैका लागि बिदा भइन् । बढेको काली गण्डकी नदीमा हाम्फालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन्। साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएपछि आँफू बिदा… पुरा पढौ

बुटवलमा राजमार्ग किनारमा युवकको शव फेला

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एक युवकको शव फेला परेको छ ।  सडक छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको शव फेला परेको हो । सडक छेउमा लु३६प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  पुरा पढौ

फेला पर्दै दोहोरो नागरिकता

राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् । राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् ।  विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् । हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ । महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र… पुरा पढौ

अरिंगालको टोकाइबाट तनहुँमा एक जनाको मृत्यु

जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।  कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।न्यूज कारखाना पुरा पढौ

आज एकैदिन रक्षाबन्धन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए ।… पुरा पढौ

घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा उपसचिव ६ लाख घुससहित पक्राउ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुस लिन रेस्टुरेन्ट पुगेको अवस्थामा रङ्गेहात पक्राउ परेका छन् । काठमाडौंको नागपोखरीस्थित अरोरा रेस्टुरेन्टबाट उपसचिव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ परेको हो । प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।  काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी… पुरा पढौ

ख्याल गर्नुस ! आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।  पारित विधेयकको सन्देश अब राष्ट्रिय सभामा जानेछ । प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार भएमा विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रियामा जानेछ । माथिल्लो सदनले संशोधन अस्वीकार गरेमा विधेयक संयुक्त सभामा पेस हुनेछ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको प्रस्तावमा विधेयक पारित भएको हो । पारित… पुरा पढौ