आफ़नो यौन इच्छा पुरा गर्न महिलाको भित्री वस्त्र (अन्डरवियर) चोरेको आरोपमा एक पुरुष पक्राउ

-


     जनहित न्युज    
     भाद्र १७ गते २०७९


जापानको होक्काइडोमा प्रहरीले एक घरबाट महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको आरोपमा एक ३३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले संदिग्धको घरको घरमा खानतलासी गर्दा करिब २०० वटा महिलाको अन्डरवियरका फेला परेको बताएको छ ।
प्रहरीका अनुसार एक कम्पनीका कर्मचारी रहेको संदिग्ध व्यक्तिले जुन २५ तारिख राति करिब ९ बजेको समयमा घरको ढोकामा ताला नलिएको मौका पारि घरभित्र पसेर महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आफ्नो केही अन्डरवियर हराइरहेको पाइएपछि त्यो घरकी महिलाले सडक निगरानीका लागि राखिएको क्यामेरा फुटेज जाँच ती पुरुषले चोरेको देखेपछि प्रहरीमा उजुरी गरेकी थिइन।
प्रहरीले आवश्यक अनुसन्धानपछि संदिग्ध व्यक्तिलाई पहिचान गरी पक्राउ गरिएको थियो। पक्राउपछि ती संदिग्ध व्यक्तिले आफ़नो यौन इच्छा पुरा गर्नको लागि महिलाको अन्डरवियर चोरेर बताएको प्रहरीले जनाएको छ ।
उनले अन्य सबै अन्डरवियर कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?