समाज

बालेनले फुटपाथबाट हटाएकी शर्मीलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने 

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित फुटपाथबाट हटाएको शर्मीला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा तामाङको तस्वीर राख्दै साम्पाङले लेखेका छन्, ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे !’ थापाथलीमा ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मीलालालाई काठमाडौं महानगरपालिकाले त्यहाँबाट हटाएको थियो । उनको ठेलागाडा पनि महानगर प्रहरीले नियन्त्रणमा लिएको थियो । महानगरले हटाएर ठेलागाडा लिएपछि तामाङको पीडादयी तस्वीर सामाजिक सञ्जालमा व्यापक छाएको थियो… पुरा पढौ

गलकोटमा ‘सस्तो बजार’

गलकोटमा सस्तो बजार संचालनमा आउने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवको अवसरमा सस्तो बजार संचालन गर्ने आयोजकले जनाएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको गलकोट महोत्सवको अवसरमा खेलकुद तथा सस्कृतिको प्रव्रर्दन संगैं सस्तो बजार संचालन गरि ब्यापारको प्रर्वदन गर्न सस्तो बजार संचालन गर्न लागिएको महोत्सवका मुल समारोह समितिका संयोजक होम थापाले जानकारी दिनुभयो । असोज २८ गते देखि गलकोटको मजुवा फाँटमा सञ्चालन हुने दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा कला सस्कृतिको प्रर्वदन गर्ने तथा ब्यापारको प्रर्वदन गर्न… पुरा पढौ

मुगुमा पहिराेमा पुरिएका आठमध्ये ५ जनाकाे शव फेला

मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । वडाध्यक्ष कुन्जुमा कुमाईंका अनुसार बेपत्ता हुनेमा ८२ वर्षीया माेरिकला बोहोरा, ६० वर्षीया हाजिरी भग्री, ३० वर्षीया होइजाली भग्री, १५ वर्षीया सुस्मिता भग्री, ३६ वर्षीय वीरबहादुर भग्री, २४ वर्षीय सत्ता सावत, २३ वर्षीय कृष्ण सावत र १५ वर्षीय चक्र बोहोरा रहेका छन् । उनीहरूमध्ये ५ जनाकाे शव भेटिको छ । उद्दारका लागी घटनास्लमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले… पुरा पढौ

कालीकोटमा पहिरोले मच्चायो बितन्डा प्रहरी जवान, मलामी गएकासहित २२ जना बेपत्ता

कालीकोटमा पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामीबाट घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपता भएका हुन् ।  नगरपालिकाका एक हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाससंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उदृत गदै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा… पुरा पढौ

एकमहिने छोरीलाई छोडेर जापानको आकाशमा अस्ताइन स्याङ्जाकी ४२ वर्षे सबिना

नेपालीहरूको महान पर्वमा सबै रमाईरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीता कुमारी गुरुङ (सविना गुरुङ)को परिवारमा पनि हुनुपर्ने थियो ।तर दुर्भाग्य ८ वर्षपछि आफ़नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुशीको १ महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्मा केन इसेसाकी नगरमा श्रीमानसंगै ५ वर्षदेखि बस्दै आएकी सबिनाको एक महिना अघि सुत्केरी भएपश्चात् एक्कासी रक्तस्राव भएको र त्यसको शल्यक्रियामार्फत उपचार गराउदा शनिवार राती ज्यान गएको छ ।… पुरा पढौ

अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने

नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो। तर पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ।  अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए। जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन सुरू भएको थियो। हाल नेपालमा मध्य–पश्चिम बंगालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केही दिन लम्बिएको मौसमविद् पौडेलले बताए। उनले भने, 'मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ। यो वर्ष… पुरा पढौ

दुई छोरासहित बाबु एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

गोरखामा एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा एकै परिवारका ३ जनाको शव फेला परेको छ । भिमसेनथापा गाउँपालिका ६ अश्राङको मोहरिया टोलका ३४ वर्षका हेमबहादुर राना र उनका दुई छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घर नजिकैको काप्रोको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा हेमबहादुर र उनका दुई छोराहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनालले बताए । रुखको हाँगोको एकातिर ७ वर्षका जुम्ल्याहा छोरा र अर्कोतिर हेमबहादुर झुन्डिएको उहाँको भनाई छ । बाबुले छोराहरूलाई… पुरा पढौ

खेलकुद, कला, संस्कृतिको संरक्षण आवश्यक: उपमेयर निउरे

गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन । खड्ग कालिका युवा कल्व गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई सम्वोधन गर्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए ।  प्रतिष्ठित, परिव्यापक समाज, चुनौतिपुर्ण विकास र अनुशाषित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो । मेलाको… पुरा पढौ

अघिपछि शुन्य गाउँमा दसैँले चहलपहल बढ्दो : छोरानाती आएपछि खुसी फर्किएको छ

रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन्। गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमासमेत वृद्धवृद्धामात्रै देखिन्छन्। दश वर्षअघि बागलुङ नगरपालिका–८ स्थित मैनाकुमारी कार्कीको परिवार गाउँमै ठूलो थियो। एघार जनाको परिवार रहेकोमा श्रीमान् मृत्यु भयो। छोरा छोरी र नातनातीना बजार झरेपछि मैनाकुमारी एक्लै भइन्। उनीमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन्। तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ। अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन्। दसैं शुरु… पुरा पढौ

व्यावसायिक तरकारी खेतीबाट घर घडेरी 

सल्यान । इच्छा शक्ति, सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन । आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएको छ सल्यान बागचौर नगरपालिका ३ रातपहराका खुमराज भण्डारीले । विगत १५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भण्डारीले वार्षिक १२ लाख भन्दा बढी आम्दानी गर्दै आइरहनुभएको छ । परम्परागत अन्नबाली भन्दा चार गुणा बढी आम्दानी व्यावसायिक तरकारी खेतीबाट भइरहेको उहाँले बताउनुभयो ।  १० रोपनी क्षेत्रफलमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका भण्डारीले तरकारी खेतीबाट नै… पुरा पढौ