समाज

बिरामी छोराको उपचार गराउनुको सट्टा हत्या गरेको अभियोगमा १६ वर्ष कैद सजाय पाएका बाबुको पुनरावेदन अदालतद्वारा खारेज

गम्भीर कुपोषणबाट बिरामी आफ्नो एक वर्षीय छोरालाई उपचार गर्न अस्वीकार गर्दै एयर गनले धेरै पटक गोली हानेको आरोपमा एक जापानी बाबुलाई जिल्ला अदालतले सुनाएको १६ वर्षको जेल सजायलाई उच्च अदालतले सदर गरेको छ।फुकुओका प्रान्तको तागावामा बस्ने २७ वर्षीय मसानोरी जोकेईलाई आफ्नो छोरा युइगालाई चोट पुर्याएको र आफ्नो आमाबाबुको रूपमा आफ्नो जिम्मेवारी त्यागेर उनको मृत्युको कारण बनेकोमा दोषी ठहर गर्दै यस अघि फुकुओका जिल्ला अदालतले सुनाइएको फैसलालाई उच्च अदालतले बुधबार सदर गरेको हो ।२८ वर्षीय मसानोरी जोकेईले फेब्रुअरीमा फुकुओका जिल्ला अदालतले… पुरा पढौ

“दरवारकाण्डपछि दबाइएको अर्को हत्याकाण्ड”, नमिता-सुनिता बलात्कार र हत्या,अपराधी अज्ञात !

तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८ सालताका लाजिम्पाटस्थित आफ्नै छापाखानाबाट नेपालभाषाको दैनिक पत्रिका 'राजमति' चलाउँथे। पत्रिकामा एउटा स्तम्भ थियो - ‘प्रतिभा परिचय’। यसै स्तम्भको एउटा श्रृंखलामा दुई दिदी बहिनीको तस्बिर छापियो – अमृत क्याम्पसका प्रतिभाशाली छात्राको रूपमा । कोलकाताको निम्ति महावाणिज्यदूत रहेका माधवराज भण्डारीका यी दुई छोरी पद्मरत्नको पत्रिकाबाट सार्वजनिक भए । यी तिनै दिदी बहिनी हुन् जोसँग एउटा नसुल्झिएको गुत्थी छ । जब जब बलात्कार र हत्याका घटनामा दोषी पहिचान हुँदैन यी दुवैका नाम फेरि स्मरण गरिन्छ।… पुरा पढौ

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश… पुरा पढौ

टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ

जापानमा टोकियो बन्दरगाहबाट ७ सय केजीभन्दा बढी लागुऔषध तस्करी गर्ने ७ जना पक्राउ परेका छन । भन्सार निरीक्षणको क्रममा फेला परेको उत्तेजक लागुपदार्थ करिब ७०० किलोग्राम मेथाम्फेटामाइन लगभग ४३.४ बिलियन येन ($ 312 मिलियन) मूल्य बराबरको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले सात चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएइको छ । संयुक्त अरब इमिरेट्सको दुबईबाट चीनको निङ्बो हुँदै मार्चको शुरुमा टोकियो बन्दरगाहमा आइपुगेको कार्गो जहाजमा सातवटा कन्टेनरमा लुकाइएको सो लागूऔषध तस्करी गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकारीहरूले एक… पुरा पढौ

जापानमा नेपाली नागरिकको ज्यानको मूल्य मात्र ७ हजार डलर ? उन्नत राष्ट्रले गरेको फैसला ‘अनुपयुक्त’ र शासन ‘भेदभावपूर्ण’

टोकियोमा प्रहरी हिरासतमा मृत्यु भएका नेपालीको परिवारलाई १० लाख येन (७,१५० डलर) क्षतिपूर्ति दिइनुले राज्यमा निवारण कानूनको भेदभावपूर्ण प्रकृतिलाई पृष्टसंग उजागर गरेको विज्ञहरू बताउँछन्।निवारण कानूनले "पारस्परिकता प्रावधान" समावेश गर्दछ, जसको अर्थ विदेशी पीडितहरू समावेश भएका त्यस्ता क्षतिपूर्तिका मुद्दाहरूमा उनीहरूको गृह देशले जापानी नागरिकहरूसँग समान परिस्थितिमा कस्तो व्यवहार गर्ने भन्ने कुरामा धेरै हदसम्म निर्भर हुन सक्छ।टोकियो जिल्ला अदालतको मार्चमा भएको फैसलाले क्षतिपूर्ति नियमका आधारमा रकम तोकेको थियो तर कानुनी विज्ञहरूले उक्त फैसला अभूतपूर्व मात्र नभएर संविधानको उल्लङ्घन पनि हुन सक्ने बताएका… पुरा पढौ

मार्चमा संसदबाट निष्कासित जापानी सांसद युट्युबरले सेलिब्रेटीलाई धम्की दिएको आरोपमा एयरपोर्टबाटै पक्राउ

जापानमा प्रहरीले सेलिब्रेटीहरूलाई धम्की दिएको आरोपमा युट्युबर र पूर्व सांसदलाई पक्राउ गरेको छ । टोकियो प्रहरीले पक्राउ पुर्जी जारी गरेको दुई महिनापछि उनी युएईबाट जापान फर्किएको अवस्थामा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानी पूर्व सांसद र सामाजिक सञ्जाल व्यक्तित्व GaaSyy संयुक्त अरब इमिरेट्सबाट जापान फर्केपछि सेलिब्रेटी सहित केही व्यक्तिको नाम बदनाम गर्ने धम्की दिएको आरोपमा आइतवार पक्राउ गरिएको हो । उनलाई गत वर्ष फेब्रुअरी र अगस्टको बीचमा एक अभिनेता, एक उद्यमी र एक डिजाइनरको नाम बदनाम गर्ने धम्की दिएको आरोप… पुरा पढौ

नागोयामा शिशुको शव शौचालयमा फ्लश गर्ने प्रयास गरेको आरोपमा महिला पक्राउ

आफ्नो नवजात शिशुको शव शौचालयमा फाल्ने प्रयास गर्ने ३४ वर्षीया महिलालाई आइतबार नागोयाको मेइतो वार्डमा अवैध रूपमा शव विसर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । आइची प्रिफेक्चरल प्रहरीका अनुसार ती महिलाले शनिबार बिहान आफूसँग संलग्न एक पुरुषको अपार्टमेन्टको शौचालयमा आफूले जन्म दिएकी शिशुको शव फ्लश गर्ने प्रयास गरेको आरोप छ। उनले आरोप स्वीकार गरेकी छिन् ।बच्चा लगभग 30 सेन्टिमिटर लामो थियो। बालकको मृत्युको कारण र शवलाई के कारणले शौचालयमा फ़्लश गराएको भन्ने विषयमा मेइतो प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ । पुरा पढौ

जापानमा १७ वर्ष यताकै जन्मदर रेकर्ड सबैभन्दा न्यूनस्तरमा झर्यो

जापानको जन्मदर सन् २०२२ मा लगातार सातौं वर्ष घटेर कीर्तिमानी अवस्थामा न्यून पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनसंख्या घट्दै गएको र उमेर छिटो बढ्दै गएकोले देश संकट उन्मुख गैरहेको भन्दै सरकारले चिन्ता व्यक्त गरेको छ ।  गत वर्ष जापानमा नवजात शिशुको संख्या ५ प्रतिशतले घटेर ७ लाख ७०हजार ७४७ पुगेको थियो । १८९९ मा तथ्याङ्क संकलन गर्न सुरु भएदेखि पहिलो पटक ८ लाख भन्दा तल झरेको हो । भने मृत्यु हुनेको संख्या ९ प्रतिशतले बढेर १.५७ मिलियनमा पुगेको तथ्याङ्कले… पुरा पढौ

जापानमा जनसंख्या क्रमिक रूपमा घट्दो, बच्चा जन्माउनुलाई महिलाहरूले दबाबको रूपमा लिने गरेको खुलासा

जापानमा बढ्दो संख्यामा महिलाहरूले आफ्नो जीवनभर अविवाहित रहने र विवाह गरेपनि बच्चा नजन्माउने छनौट गर्ने र बच्चा जन्माउनुलाई महिलाको लागि दबाबको रूपमा महशुस गर्ने गरिरहेका छन्। जीवनशैली र पारिवारिक संरचनामा बढ्दो विविधताको बावजुद धेरै महिलाहरूले अझै पनि विवाह र बच्चा जन्माउने परम्परागत सामाजिक अपेक्षाहरू पूरा गर्न दबाब महसुस गर्ने गरेका छन ।  ४० वर्षमा दबाब कम हुन्छ ४६ वर्षीया मूर्तिकार नाओ सावाले आफू सानै छँदा उनकी आमाले उनलाई दिनहुँ दुर्व्यवहार गर्ने बताइन्। "मलाई थाहा छैन (बच्चाहरूलाई कसरी माया गर्ने)। सबैभन्दा… पुरा पढौ

जापानमा सन् २०३० सम्म गर्मीबाट हुने मृत्यु आधा घटाउने लक्ष्य

जापान सरकारले मङ्गलबारबाट पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यस्ता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ । मन्त्रिपरिषदद्वारा स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानून परिमार्जन गरिएको छ । योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक… पुरा पढौ