समाज

‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’

म्याग्दी । रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् ।  म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि सातवटा ‘भोटे कुकुर’ पालेको बताए । घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने किसानका उदाहरण हुनुहुन्छ ढोरपाटनका रनबहादुर र भगवतीका नन्दबहादुर… पुरा पढौ

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

-राम थापाकास्की । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग संरक्षण, प्रवर्द्धन तथा पूर्वाधार अभावमा सुनसान बनेको हो । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पा जिल्लालाई समेटेर विसं २०६८ मा ‘गुरिल्ला ट्रेक’को पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत निकायको पहलमा विसं २०७२ मा उक्त पदमार्ग घोषणा गरिएको थियो । विसं २०७३ मा… पुरा पढौ

तिहारमा सुनसान छन् गाउँघर

‘पहिले-पहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो’, सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’ उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्म थलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले… पुरा पढौ

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक

बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो। विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ। टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ। १०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। दरबारको बारदली, झ्याल,… पुरा पढौ

जापानमा नेपालीहरुको संख्या २ लाख ६ हजार ८९८, हरेक प्रिफेक्चरको अध्यावधिक तथ्यांक सहित

जापान सरकारको अध्यागमन ब्युरोले सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ, जसअनुसार नेपालीहरू जापानमा छैठौ ठूलो विदेशी समूहको रूपमा रहेका छन्। जापान सरकारको तथ्यांक अनुसार हाल संख्या २ लाख ६ हजार ८९८ नेपाली जापानमा बसोबास गर्छन्। यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ।तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालीहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ। सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालीहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४ को जुन सम्ममा यो संख्या २ लाख… पुरा पढौ

अब विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारले १० लाख राहत पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि भएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत ७ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको हो । यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेलेले जानकारी दिएका छन । जस अनुसार अब मृतक परिवारले पाउँदै आएको राहत बढाएर… पुरा पढौ

बाबुले ६ वर्षीय छोरालाई भीरबाट खोलामा फालेर हत्या गरे

बागलुङमा बाबुले ६ वर्षीय नाबालक छोरालाई भीरबाट फालेर हत्या गरेका छन् । ताराखोला गाउँपालिका घर भई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मतलाई मंगलबार साँझ भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।  केशवले बागलुङ नगरपालिका–३  को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । किस्मत घटनास्थलबाट २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।प्रहरीले हत्यामा संलग्न केशवलाई  मंगलबार साँझै नियन्त्रणमा लिएको छ । पुरा पढौ

लेक लागेर मुस्ताङमा ३४ जनाको मृत्यु

मुस्ताङ भ्रमणका लागि पुगेका ३४ जना आन्तरीक तथा बाह्य पर्यटकको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७८/०७९ मा छ जना, २०७९/०८० मा १२ जना र आर्थिक वर्ष २०८०/०८१ मा १४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा पनि दुई जना पर्यटकको मृत्यु भै सकेको उहाँको भनाई छ । मृत्यु भएका मध्ये आर्थिक वर्ष २०८०/०८१ मा मृत्यु भएका १४ मध्ये ३ जना नेपाली एक जना युक्रेन र बाँकी १० जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको… पुरा पढौ

बेबी सावर

'बेबी सावर' शब्दको सिधा अर्थ बच्चालाई नुहाउने भन्ने हुन्छ । तर, पेटभित्रको बच्चालाई नुहाउन सम्भव छैन । 'सातपत्र छोपेर ठूलो पारेको पेट जसको पनि हात राखेर देखाउनुपर्ने यो कस्तो चलन आयो ? कोठामा पर्दा किन चाहियो ? कुकुर बिरालो जस्तै गरे भैगो नि ! खै ! आफ्नो त दुईटा म्याक्सीले छोपेर जन्मिए दुई सन्तान । यो 'बेबी सावर' भन्ने सुनेको पनि थिएन । नेपाली संस्कार पनि होइन । मलाई मन पनि पर्दैन ।' बानेश्वरकी पार्वती भट्टराईले फेसनको रूपमा बढ्दै गएको… पुरा पढौ

पश्चिम नेपालको एउटा विशिष्ट दशैं संस्कृति नयाँ पुस्ताले बिर्सनै लागेको एउटा संस्कृति– बिहेको वर्ष ससुराली लैजाने ‘केरा–कुराउनी’

गुल्मीको रूरूक्षेत्र गाउँपालिका– ४ स्थायी घर भई हाल बर्दघाट नवलपरासीमा बस्दै आएका नेत्रप्रसाद पन्थ (९७) को विवाह गरेको वर्ष संवत् १९९७ सालमा १३ पाथी कुराउनी र केरा ससुरालीमा लगिएको थियो । १३ पाथी कुराउनी बनाउन दार्सिङबास–ठानिडाँडा (साविक गाविसको एउटा वडा)को दूधले नपुगेर २ पटकसम्म खोलापारिको गाउँ दिगामबाट दूध संकलन गरिएको नेत्रप्रसादले स्मरण गरे । ‘त्यो बेला सके धेरै, नत्र एक भारी केरा–कुराउनी अनिवार्य लैजाने चलन थियो । केरा–कुराउनी माइती पक्षले खाएपछि मात्र विवाह पाको (परिपक्व) भएको मानिन्थ्यो । केरा–कुराउनी लैजानु… पुरा पढौ