समाज

गलकोट समाज जापानले नया वर्षमा गर्न लागेको सांगीतिक धमाका-२०२५ को तयारीमा तिव्रता

गलाकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२५ मा जापानका चार वटा शहरमा ‘"समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी" भन्ने नाराका साथ गर्न लागेको सांगीतिक धमाका-२०२५ को तयारीलाई तिव्र पारेको छ ।“हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मान्यताका साथ स्थापित गलकोट समाज जापानको मुख्य आयोजनामा नेपालका चर्चित कलाकारहरुको साथमा हुने साँगीतिक धमाका- २०२५ को तयारीमा तिव्रता ल्याइएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।सामाजिक उत्तरदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत… पुरा पढौ

विदेशी मुद्राको विनिमय दर : आज कुन बढ्यो, कुन घट्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय… पुरा पढौ

इमरान खानकाे रिहाइ लागि पीटीआई कार्यकर्ताको विशाल प्रदर्शन

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उनका समर्थकहरूले इस्लामाबादतर्फ मार्च सुरु गरेका छन् । बीबीसीका अनुसार पीटीआईका मानिसहरू खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रबाट इस्लामावाद तर्फ लागिरहेका छन् । इमरान खानको अपीलमा आइतबार प्रदर्शन सुरु भएको थियो। इमरानले यो विरोधलाई ‘फाइनल कल’ नाम दिएका छन् । प्रदर्शन रोक्न प्रहरीले इमरानका ४ हजारभन्दा बढी समर्थकलाई पक्राउ गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ पर्नेमा ५ सांसद पनि छन् । इस्लामावादको ‘डी चोक’ मा… पुरा पढौ

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी… पुरा पढौ

रवि लामिछानेले सहकारीलाई ब्याज भुक्तानी गर्न काटिएका तीन दर्जन चेक फेला

काठमाडौँ – गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीसँगको कारोबारमा कुनै जानकारी नभएको दाबी गर्दै आएका भए पनि उनले चेकमार्फत ब्याज तिरेको प्रमाण फेला परेको छ। सहकारी बचत अपचलनसम्बन्धी छानबिनमा जुटेको संसदीय विशेष समितिले औंल्याएकोभन्दा थप प्रमाण प्रहरीले पत्ता लगाएपछि अदालतले लामिछानेलाई थुनामा राख्ने म्याद निरन्तर बढाउँदै आएको छ। सहकारी ठगीसम्बन्धी समाचार सार्वजनिक भएपछि गृहमन्त्री बनेका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित गर्न खोजेको आरोप लागेको थियो। तर संसद्मा निरन्तर उठेका आवाजका कारण बनेको विशेष… पुरा पढौ

गलकोटका सबै बस्तीमा पुग्यो सडक

बागलुङको गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्‍याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ। ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको छ। नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको भन्दै आफूहरू निर्वाचित भएर आएपछि करिब २२० किलाेमिटरभन्दा बढी सडक निर्माण भइसकेको जानकारी दिए। उनका अनुसार पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किलाेमिटर ग्रामीण सडक रहेका छन्। नगरप्रमुख गैरेले वर्षौँअघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकलाई पालिकाले स्तरोन्नतिमा जोड दिने… पुरा पढौ

राहदानी विभागको कम्प्युटरमा भाइरस , अवरुद्ध सेवा सुचारु गर्न १-२ हप्ता लाग्ने

काठमाडौँ – राहदानी आवेदन प्रणालीमा आएको अवरोधका कारण केही दिनदेखि सेवा प्रभावित भएको छ। राहदानी विभागका अनुसार प्रणालीसँग सम्बन्धित केही कम्प्युटरमा भाइरस प्रवेश भएपछि भेटिएपछि यसको फैलावट रोक्न लागि सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। यसका कारण जिल्ला/ईलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राहदानी सेवा अस्थायी रूपमा बन्द गर्नुपरेको छ। विभागले एक विज्ञप्ति जारी गर्दै प्रभावित स्थानहरूमा सेवा क्रमिक रूपमा पुनः सुरु गरिने जानकारी दिएको छ। पूर्ण रूपमा सेवा सञ्चालनमा फर्कन १–२ हप्तासम्म लाग्न सक्ने बताइएको छ। विभागले समस्या समाधानका… पुरा पढौ

धरहरा चढ्नलाई पैसा तिर्नुपर्ने, कति त छ शुल्क?

काठमाडौ – आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। परीक्षणका क्रममा निःशुल्क प्रवेश गरिएको धरहरामा अब स्वदेशी र विदेशी पर्यटकका लागि फरक शुल्क तोकिएको छ। स्वदेशी नागरिकले धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ तिर्नुपर्नेछ। सार्क राष्ट्रका पर्यटकले ५०० रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले १००० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था शहरी विकास मन्त्रालयले गरेको छ। यो व्यवस्था बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूका लागि शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। धरहरा परिसरमा पार्किङ शुल्क… पुरा पढौ

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु, १० जना घाइते

कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे… पुरा पढौ

रुकुमबाट काठमाडौँ जाँदै गरेको बस बागलुङमा दुर्घटना, २१ जना घाइते

बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलवालले जानकारी दिए। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ। हाल प्रहरी र स्थानीयले उद्धार गरिरहेको प्रहरी निरिक्षक चिलवालले बताए।उनका अनुसार बुर्तिबाङबाट थप प्रहरी पठाइएको छ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पुरा पढौ