रवि लामिछानेले सहकारीलाई ब्याज भुक्तानी गर्न काटिएका तीन दर्जन चेक फेला

-


     जनहित न्युज    
     मंसिर १० गते २०८१


काठमाडौँ – गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीसँगको कारोबारमा कुनै जानकारी नभएको दाबी गर्दै आएका भए पनि उनले चेकमार्फत ब्याज तिरेको प्रमाण फेला परेको छ। सहकारी बचत अपचलनसम्बन्धी छानबिनमा जुटेको संसदीय विशेष समितिले औंल्याएकोभन्दा थप प्रमाण प्रहरीले पत्ता लगाएपछि अदालतले लामिछानेलाई थुनामा राख्ने म्याद निरन्तर बढाउँदै आएको छ।

सहकारी ठगीसम्बन्धी समाचार सार्वजनिक भएपछि गृहमन्त्री बनेका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान प्रभावित गर्न खोजेको आरोप लागेको थियो। तर संसद्मा निरन्तर उठेका आवाजका कारण बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई कानुनी कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गरेको थियो।

यस सिफारिसका आधारमा प्रहरीले कात्तिक २ गते काठमाडौंबाट लामिछानेलाई पक्राउ गरी पोखरा लगेको थियो। अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरूले सहकारीसँगको कारोबार र ठगी प्रकरणमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?