समाज

स्रोत नखुलेको ४१ लाख नगद सहित ४ जना पक्राउ

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । त्यसैगरि कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय… पुरा पढौ

भेटिँदैनन् अचेल कुवा र पोखरी

बागलुङ।निसीखोला गाउँपालिका–४ को झिम्पा, बडाचौर र खाडाखौर गाउँमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन । स्थानीयले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण… पुरा पढौ

बलात्कार मुद्दामा जेल परेका कैदीले जेलभित्रै गरे अर्को बलात्कार

दाङ  । तुलसीपुर कारागारका एक महिला कैदीमाथि  कारागारभित्रै बलात्कार भएको छ। गत  कात्तिक १७ गते भएको बलात्कार तीन महिना पछि सार्वजानीक भएको हो । गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्री गाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  महीला कैदीमाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कात्तिक १७ गते दिउँसो  करिब सवा २ बजेतिर घटना भएको हो। घटना घटेको दिन नै… पुरा पढौ

रेमिटान्सको आम्दानीले जीवनस्तरमा सुधार त भयो कमाईको दुई तिहाइ घरखर्च मै सकिएको तथ्य सार्वजनिक

चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ ।  कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्नुहुन्छ । उहाँका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनुहुन्छ । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको… पुरा पढौ

जापानमा पहिलो पटक नक्कली एयरब्यागसहित ४ जना पाकिस्तानी नागरिक पक्राउ

जापानमा पहिलो पटक ठूला कार निर्माता कम्पनीहरूको लोगोसहितको नक्कली एयरब्याग राख्ने र बेच्ने अभियोगमा चार जनालाई जनवरीमा पक्राउ गरिएको छ।महानगरीय प्रहरी विभाग (MPD) ले पाकिस्तानी नागरिक कार बिक्रेता इसरार मियाँ अलीसहित अन्यले गुन्मा प्रान्तको इसेसाकीमा प्रयोग हुने आयातित पार्टपुर्जाहरूबाट एयरब्यागहरू बनाएर टोयोटा,निसान र होन्डा जस्ता स्वदेशी अटोमोबाइलको लोगो जोडेर वास्तविक उत्पादनको रूपमा भन्दै अनलाइन बेचेको विश्वास गरेको छ। प्रहरीले अप्रिल २०२१ र अक्टोबर २०२२ को बीचमा करिब १,००० नक्कली एयरब्यागहरू बेचेर करिब १७ मिलियन येन (लगभग ०००)आम्दानी गरेको अनुमानमा प्रहरीले… पुरा पढौ

साउदीमा पनि २४ नेपाली अलपत्र

रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली रियादमा अलपत्र परेका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली तीन महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरेको सम्झौताअनुसार ८ घण्टा काम गरेबापत १००+३०० र १२००+३०० साउदी रियाल दिने भनेर उनीहरू साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको रूपमा काम गर्न साउदी पुगेका थिए। ‘हामीलाई सुरुमा काम गर्न लगाइयो र १२ महिनासम्म काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसार तलब पनि पाइयो। तर, अचानक… पुरा पढौ

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो, तरपनि सधैं सफा रहनेको राज यस्तो पो रहेछ जापानमा

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्।  शिक्षकले अन्तिममा भने: "आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।" पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना ठाउँबाट उठे र कक्षाकोठाको पछाडि रहेको दराजबाट कुचो र बाल्टिन लिएर शौचालयतर्फ गए।  यस्तै दृश्य जापानभरका विद्यालयमा देख्न सकिन्छ।विद्यालय सफा गर्ने कामलाई जापानमा पाठ्यक्रमकै एउटा… पुरा पढौ

जापानको कोबेमा अपार्टमेन्ट भवनमा आगलागी हुँदा चारको मृत्यु, तीन जनाको अवस्था गम्भिर

पश्चिमी जापानको कोबेमा रहेको एउटा अपार्टमेन्ट भवनमा आइतबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पातलमा उपचार भै रहेको अधिकारीहरूले बताएका छन्। शहरको ह्योगो वार्डमा रहेको तीनतले आवासीय कम्प्लेक्सको छिमेकीहरूले बिहान १:३५ बजे पहिलो तल्लाको झ्यालबाट कालो धुवाँ निस्किरहेको जानकारी गराएपछि अग्निनियन्त्रकहरूले आवश्यक उद्धार गरेका थिए। कम्प्लेक्सको पहिलो तल्लामा बस्ने ७७ देखि ८६ वर्षका चारजना पुरुषको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको प्रहरी र अग्निनियन्त्रकहरूले बताएका छन्। अस्पतालमा लगिएका अन्य चार पुरुषहरू मध्ये, ६० देखि ७०… पुरा पढौ

जापानी आमाबुवाले यसरी हुर्काउँछन् बच्चा, तपाईं पनि थाहा पाउनुहोस् तरिका

बच्चा हुर्काउनु सजिलो काम होइन । पालनपोषणले बच्चाको जीवन सुधार्न पनि सक्छ र  बिगार्न पनि सक्छ । हरेक आमाबाबुले आफ्नो बच्चालाई राम्रो मान्छे बनाउन चाहन्छन्, उनीहरुको भविष्य राम्रो होस् भन्ने चाहना राख्छन् । राम्रो पेरेन्टिङको कुरा गर्ने हो भने यसमा बच्चालाई राम्रो संस्कार दिनु, उनीहरुको पोषणको ख्याल राख्नु हो । यसमा बच्चाको शारीरिक र मानसिक समस्या बुझ्नु पनि समावेश छ । बच्चाको राम्रो लालनपालनका लागि तपाईं जापानी आमा–बुवाबाट केही टिप्स लिन सक्नुहुन्छ । बच्चाको लालनपालनबारे जापानी तरिका विश्वभर चर्चित छ… पुरा पढौ

फुकुओका प्रहरीले ‘याकुजा’ गिरोहको कारबाहीका लागि जापानमा पहिलो विशेष मुख्यालय स्थापना गर्‍यो

जापानमा पहिलो फुकुओका प्रिफेक्चरल प्रहरीले बारम्बार कानून उल्लंघन र हिंसाका लागि जिम्मेवार "अर्ध अपराध सिन्डिकेटहरू" लाई कारबाही गर्न मुख्यालय स्थापना गरेको छ।जनवरी १८ मा फुकुओकाको हाकाता वार्ड सहरको फुकुओका प्रिफेक्चरल प्रहरी मुख्यालयमा मुख्यालयका प्रमुख मासाकात्सु ओकाबेको नेतृत्वमा सुरु गरिएको प्रत्येक विभाग र खण्डले "याकुजा"को वास्तविकताको खोजी गर्न मिलेर काम गर्नका लागि सो मुख्यालय स्थापना गरिएको हो।मुख्यालयको स्थापना समारोहमा आपराधिक सिन्डिकेट अनुसन्धान विभाग र विशेष ठगीको अनुसन्धानका लागि जिम्मेवार दोस्रो अनुसन्धान इकाईका वरिष्ठ अधिकारीसहित करिब ६० सदस्य सहभागी थिए।प्रमुख ओकाबेले भने,… पुरा पढौ