
काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरीको हत्या गरेर बाबुले आत्महत्या गरेका छन्।
शनिबार दिँउसो पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा छोरीको घाँटी रेटेर हत्या गरेर बाबु झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बन्द कोठाभित्र घाँटी रेटिएको अवस्थामा छोरीको शव भेटिएको छ । बाबु शौचालयमा झुन्डिएको अवस्थामा छन् । छोरी शारिरिकरूपमा अशक्त रहेकको बताइएको छ ।
दिउँसो बाहिर गएकी श्रीमती साँझ कोठा फर्कँदा भित्रैबाट बन्द रहेको पाइएपछि ढोका फोडेर हेर्दा बाबुछोरी मृत भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद
सात वर्षीया छोरी शारिरीक रुपमा अशक्त रहेपनि निको बनाउन आफूले केही गर्न नसकेको गुनासो उनमा रहने गर्थ्यो ।
प्रहरीका अनुसार भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएका थिए । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार श्रीमती बेलुका पेप्सिकोलाबाट फर्किँदा भित्रबाट कोठाको ढोका लगाइएको थियो । लामो समयसम्म ढोका ढकढक गर्दा पनि नखुलेपछि छिमेकीसहितको सहयोगमा खोलेर हेर्दा भित्र हृदयविदारक दृश्य फेला परेको थियो । लगत्तै प्रहरीकहाँ खबर पुगेपछि बृत्त बानेश्वरबाट टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले प्रारम्भिक अनुसन्धानबाट भण्डारीले छोरीको हत्यापछि आत्महत्या गरेको देखिएको बताए ।
उनले गोंगबुमा फार्मेसी सञ्चालन गर्दै आएका थिए भने साथसाथै कस्मेटिकको व्यवसायमा पनि संलग्न थिए । घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलबाट भण्डारीको १ पन्ने सुसाइड नोट पनि फेला परेको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋणलगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



