समाज

फुकुओका प्रहरीले ‘याकुजा’ गिरोहको कारबाहीका लागि जापानमा पहिलो विशेष मुख्यालय स्थापना गर्‍यो

जापानमा पहिलो फुकुओका प्रिफेक्चरल प्रहरीले बारम्बार कानून उल्लंघन र हिंसाका लागि जिम्मेवार "अर्ध अपराध सिन्डिकेटहरू" लाई कारबाही गर्न मुख्यालय स्थापना गरेको छ।जनवरी १८ मा फुकुओकाको हाकाता वार्ड सहरको फुकुओका प्रिफेक्चरल प्रहरी मुख्यालयमा मुख्यालयका प्रमुख मासाकात्सु ओकाबेको नेतृत्वमा सुरु गरिएको प्रत्येक विभाग र खण्डले "याकुजा"को वास्तविकताको खोजी गर्न मिलेर काम गर्नका लागि सो मुख्यालय स्थापना गरिएको हो।मुख्यालयको स्थापना समारोहमा आपराधिक सिन्डिकेट अनुसन्धान विभाग र विशेष ठगीको अनुसन्धानका लागि जिम्मेवार दोस्रो अनुसन्धान इकाईका वरिष्ठ अधिकारीसहित करिब ६० सदस्य सहभागी थिए।प्रमुख ओकाबेले भने,… पुरा पढौ

जापानमा आपराधिक घटनामा सेल्फ-डिफेन्स फोर्सका अफिसरको संलग्नता रहेको प्रहरीको भनाई

जापानको कान्तो क्षेत्रका विभिन्न स्थानमा एकपछि अर्को गरी घटेका लुटपाटका घटनामा आपराधिक समूहको संलग्नता रहेको आशंकामा अनुसन्धान अधिकारीहरुद्वारा अनुसन्धान भइरहेको खुलेको छ ।टोकियोको कोमाई सिटीमा बिहिबार अर्थात् १९ गते दिउँसो वृद्धमाथि लुटपाटपछि भएको हत्याको अनुसन्धानका क्रममा यस क्षेत्रमा यस वर्षको सुरुदेखि नै आपराधिक समूहका नेतृत्वमा रहेका तीनजनाको संलग्नताका बारेमा खुलेको हो । जसमा इबाराकी, तोचिगी, साइतामा र कानागावाका पाँचवटा घर र चिबामा दुई पसलमा क्षति पुर्याइ लुटपाट गरिएको थियो । आपराधिक क्रियाकलापमा संलग्नहरूले घटनामा पीडितलाई टाँसिने टेपले बाँध्ने जस्ता केही… पुरा पढौ

जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका

मध्य जापानको सिकुओकामा १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरी आमाको हत्या गरेको आशंका गरिएको छ ।माकिनोहारा सहरको एक घरमा ४० वर्षकी महिलालाई सोमबार राति ती १३ वर्षीया बालकद्वारा छुरा प्रहार गरेको अवस्थामा मृत फेला परेपछि आफ्नी आमाको मृत्युमा संलग्न भएको आशंका गरिएको एक अनुसन्धान स्रोतले जनाएको छ ।सोमवार राति ११ः५० बजे उनको घरमा बस्ने परिवारका सदस्यबाट आक्रमण गरिएको बारेमा प्रहरीलाई आपतकालीन फोन आएको बताइएको छ । प्रहरीका अनुसार घरमा बस्दै आएकी ४० वर्षकी उक्त महिलालाई चक्कु जस्ता धारिलो हतियार प्रहार… पुरा पढौ

बल्देधुरी बागलुङ घटनामा सङ्लग्न १६ जनालाई जन्मकैदको फैसला

डम्मर बुढा मगर ,बागलुङ । जिल्ला अदालत बागलुङले १६ जनालाई जन्मदैकको फैसला सुनाएको छ । दुई वर्ष अगाडि होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भिरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालत बागलुङको आदेशले ती युवाहरु जन्मकैदमा परेका हुन् । जिल्ला न्यायाधिस डा. दिवाकर भट्टको एकल इजलासले अभियोग लागेर पुर्पक्षमा परेका सबै युवालाई जेलको फैसला सुनाइएको हो । घटनामा संलग्न एक बालकलाई भने सुधार गृह पठाइने भएको छ ।… पुरा पढौ

जेल मुक्त भए सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रबार) काठमाडौँ जिल्ला अदालतबाट रिहा भएका हुन्।  उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित उनलाई शुक्रबार दिउँसो थुनामुक्त गरिएको हो। उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन्। सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी… पुरा पढौ

ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भयो

ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भएको ओसाका नगरपालिका सरकारले जनवरी जनाएको छ।स्पर्म ह्वेल मानिने उक्त जनावर विगत केही दिनदेखि गतिहीन रहेको र ओसाका नगरपालिकाले जनवरी १३ अर्थात् शुक्रबारका दिन बिहान आफ्नो कर्मचारी र विज्ञहरूलाई त्यसको जाँच गर्न पठाएको र जाँच गर्दा मृत रहेको पाइएको जनाएको हो।ह्वेल पहिलो पटक जनवरी ९ मा बिहान ८ बजे ओसाकाको निशियोदोगावा वार्ड सहरको हान्सिन एक्सप्रेसवेमा रहेको नाकाजिमा पार्किङ क्षेत्रको करिब ३५० मिटर दक्षिणमा रहेको पानीमा भेटिएको थियो।मत्स्यपालन एजेन्सीका अनुसार ह्वेल जमिनमा निकालिन र त्यसको… पुरा पढौ

रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा

भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ ।  गाेलीकाे आवाज सुनिए पनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारि रहेकाे र मानवीय क्षति केही नभए पनि… पुरा पढौ

विदेश जान नपाउने सर्तमा क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

विदेश जान नपाउने सर्तमा उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। नाबालिग बलात्कारको आरोप लागेका उनलाई बिहिवार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले २० लाख रुपैयाँ धरौटी लिएर सन्दीपलाई छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि कारागार पठाउने आदेशविरुद्ध सन्दीपको पक्ष उच्च गएको थियो। यस अगाडिको २ वटा पेशी सन्दीपको कानुन व्यवसायीको आग्रहमा स्थगित भएको थियो। विदेशमा क्रिकेट खेलिरहेको बेला… पुरा पढौ

सयपत्री हाईड्रोपावरको संचालकमा गलकोटका २ ईन्जिनियर निर्वाचित

सयपत्री हाईड्रोपावर लिमिटेडको छैटौँ वार्षिक साधारण सभाबाट साविक गलकोटका दुई ईन्जिनियर संचालकमा निर्वाचित हुनुभएको छ । आज काठमाडौंको धुम्वाराहीमा सयपत्री हाईड्रोपावरको छैटौ बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले डाक्टर एकनारायण चाँपागाईको अध्यक्षतामा नयाँँ संचालक समिति गठन गरेको छ । हाईड्रोपावरको संस्थापक शेयरधनीको तर्फबाट ईन्जिनियर गोपाल प्रसाद निउरे, नर बहादुर थापा, सपिला राजभण्डारी र स्वतन्त्र तर्फबाट बिराज गौतम तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ईन्जिनियरद्वय दिल बहादुर थापा र बिराज सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता अनन्त कार्कीले जानकारी दिनुभयो… पुरा पढौ

ढकाल गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः निर्वाचित

गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रशान्त ढकाल पुनः निर्वाचित भएका छन् । एकका लागि सबै र सबैका लागि एक भन्ने उद्घोषका साथ २०६१ असोजबाट संचालन गरिएको गलकोट घुम्टे गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ साधारण सभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ । नेरिक एकेडेमी शंखमुल काठमाडौंमा भएको सभाको अवसरमा आगामी ४ बर्षे कार्यकालको लागि प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो । सस्थाको उपाध्यक्षमा लेम बहादुर भण्डारी, सचिवमा रुक्म प्रसाद… पुरा पढौ