रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा

-


     जनहित न्युज    
     पौष २९ गते २०७९


भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गाेली चलेकाे छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्युनिकरण गर्न लागेकाे छ, तस्करीकाे सम्भावित क्षेत्रकाे रुपमा मानिने साे ठाउँ तस्करहरुले बर्चस्व देखाउनका लागि हवाई फायर गरेकाे अनुमान गरिएकाे छ । 

गाेलीकाे आवाज सुनिए पनि कसले किन चलायाे भन्ने खुल्न सकेकाे छैन, अनुसन्धानकाे काम जारि रहेकाे र मानवीय क्षति केही नभए पनि गाेलीकाे खाेका बरामद भएकाे प्रहरीले जनाएकाे छ । घटना स्थल नजिकैबाट प्रहरीले  भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । बढ्दाे हुस्सुकाे कारण घटना स्थलतर्फ प्रहरी साेचे अनुरुप अनुसन्धान गर्न सकेकाे छैन ।

केही दिन देखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेकाे छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?