ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भयो

-


     जनहित न्युज    
     पौष २९ गते २०७९


ओसाकाको समुद्रमा फेला परेको ह्वेलको मृत्यु भएको ओसाका नगरपालिका सरकारले जनवरी जनाएको छ।
स्पर्म ह्वेल मानिने उक्त जनावर विगत केही दिनदेखि गतिहीन रहेको र ओसाका नगरपालिकाले जनवरी १३ अर्थात् शुक्रबारका दिन बिहान आफ्नो कर्मचारी र विज्ञहरूलाई त्यसको जाँच गर्न पठाएको र जाँच गर्दा मृत रहेको पाइएको जनाएको हो।
ह्वेल पहिलो पटक जनवरी ९ मा बिहान ८ बजे ओसाकाको निशियोदोगावा वार्ड सहरको हान्सिन एक्सप्रेसवेमा रहेको नाकाजिमा पार्किङ क्षेत्रको करिब ३५० मिटर दक्षिणमा रहेको पानीमा भेटिएको थियो।
मत्स्यपालन एजेन्सीका अनुसार ह्वेल जमिनमा निकालिन र त्यसको व्यवस्थापनमा स्थानीय सरकारको आवश्यक समन्वय गरेर गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?