समाज

कालीगण्डकीमाथि जेसिभी आक्रमण

बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए… पुरा पढौ

झोलुङ्गे पुलमुनी ट्याक्टर दुर्घटना

बागलुङ सदरमुकाममा ट्याक्टर दुर्घटना भएको छ । बागलुङ नगरपालिका—१ रामरेखा स्थीत बागलुङ—पाङ जोड्न् बिश्व कै सबैभन्दा लामो पुलमुनी ट्याक्टर दुर्घटना भएको हो । ग १ त ४११२ नम्बर ट्याक्टर दुर्घटना भएर क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेले बताए । ट्याक्टरमा रहेका तीन जना भने हाम फालेर सकुसल रहेको उनले जानकारी दिए । ‘ठिक लामो पुलमुनीबाट ट्याक्टर तल खसेर क्षतविक्षत भएको छ,’ प्रहरी निरीक्षक पौडेलले भने,‘चालक सहित तीन जना रहेछन् । उनीहरु हाम फालेर बाँचेका छन् ।… पुरा पढौ

बागलुङमा भदौ ५ गतेसम्म निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बागलुङ-बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।  बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था,… पुरा पढौ

मिलुन्जेल प्रेम, नमिले बलात्कार !

‘बलात्कारको अभियोगमा जेल परेकाहरुको मनोभावना केलाउँदा अभियुक्तले केटीको चरित्रै उस्तो थियो, छोटो लुगा लगाएकी थिई, उसका धेरै पार्टनर थिए जस्ता बहाना बनाउने गरेको देखिन्छ। केटी नै उस्तो भएर मैले पनि त्यसो गरेको हो भन्नेसम्मका कुरा गरेको पाइन्छ। नेपालको कानुनले बलात्कारको कसुरमा उमेर अनुसार फरक-फरक सजायको व्यवस्था गरेको छ। १० वर्ष मुनिकालाई बलात्कार गरेमा सर्वस्वसहित जन्मकैदको प्रावधान छ। अन्य उमेर समूहमा भने सजाय कम गर्दै लगिएको छ। एउटै उमेरबीचको बलात्कारप्रति कानुन नै नरम देखिन्छ। मन मिलुन्जेल प्रेम, मन नमिले बलात्कार? भन्ने… पुरा पढौ

जापानबाट यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग

जापानमा रहेका नेपालीहरूले बागलुङमा दुर्घटनामा परी मृत्यु भएका यमबहादुर परियारको परिवारलाई आर्थिक सहयोग गरेका छन् । जापान नेपाली एकता समाजको समन्वय र एकता नौमती बाजा समूह ओसाका जापानको बिशेष पहलमा मृतक यमबहादुरको परिवारलाई आर्थिक सहयोग गरिएको हो । जापानमा रहेका नेपालीहरूबाट संकलन भएको १ लाख ७४ हजार ५०५ रुपैयाँ मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ ।सहयोग रकम जापान नेपाली एकता समाज जापानका पूर्वउपाध्यक्ष एवम् एकता नौमती बाजा समूहका संस्थापक सदस्य यमलाल सापकोटा, जापान नेपाली एकता समाज जापानका केन्द्रीय सदस्य तथा… पुरा पढौ

NYC तारा द्वारा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न

नवसृजना युवा क्लब(NYC) तारा ले आज एक कार्यक्रम का बिच राहत रकम हस्तान्तरण गरेको छ ।स्व लाल बहादुर थापा को काजकिरिया खर्च का लागि समाजसेवी तथा सफल व्यावसायी नर बहादुर थापाको पहलमा जापानमा संकलित रकम ७८ हजार १ सय ५५ स्व लाल बहादुर थापाकी आमा चनमति थापा लाइ हस्तान्तरण गरिएको क्लब का अध्यक्ष पूर्णभद्र निउरेले जानकारी दिनु भयो ।ताराखोला गाउँपालिका वडा न ४ नागबेलि खोला छहारी निवासी ३७ बर्षिय लाल बहादुर थापा को गत असार २० गते जिल्ला अस्पताल म्याग्दी… पुरा पढौ

कालीगण्डकीमा डुबेर बागलुङका दुईजना वेपत्ता

बागलुङ - कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् । उनीहरु आज दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न निरयघाट गएको प्रनाउ हवारीले बताए । ४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना प्रश्न बिक र विशन पुन भने सम्पर्कमा आएका छन्… पुरा पढौ

पोखरामा शोक सभा सम्पन्न

बागलुङ गलकोट नगरपालिका वार्ड नम्बर ७ का स्वर्गीय गुमानसिंह थापाको सातौ दिनको अवसरमा श्रृजनाचोक स्थित निवाशमा संयुक्त शोकसभा कार्यक्रम सम्पन्न भयो ।सो शोक सभा कार्यक्रम गलकोट समाज पोखरा, घुम्टे युवा परिवार जापान शाखा बगाले थापा समाजको संयोजनमा सम्पन्न भएको हो ।गलकोट समाज पोखराका अध्यक्ष खडक थापा, बगाले थापा समाजको अध्यक्ष दलबहादुर थापा र घुयुप जापानका उपाध्यक्ष शिवु थापाले शोकाकुल परिवारलाई शोक-पत्र हस्तान्त्रण गर्नु भएको थियो । मौनधारणबाट शुरु गरिएको थियो । सो शोकसभामा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, जिल्ला… पुरा पढौ

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन

बागलुङ,- तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली । खेती गर्न न माटो चाहिने न मल । त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ । विद्युतीय प्रणालीमार्फत् यो चक्र पुरा हुन्छ । बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहनुभएको छ । सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गर्नुभएको हो । सापकोटाका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ । बिरुवालाई चाहिने सुक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ । पोखरीको… पुरा पढौ

२८० किलोको नगरा !

बागलुङ-काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा (दमाहा) निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर जिकिर गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा उक्त नगरालाई राखिनेछ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा दुई सय २२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरलाई मोड्न १४ सय फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए… पुरा पढौ