समाज

अनौठो पर्व : सिस्नो खोस्ने

भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तरार्धतिर यहाँका रैथाने मगर आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने भदौरे पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक दुई वर्षमा सिस्नो खोस्ने पर्वको रौनक छाउँछ । शरद ऋतुको छेकोमा मनाइले भएकाले त्यसले पर्वमय यामको झल्को दिन्छ । स्थानीयवासी हर्षोलासपूर्वक पर्वमा भाग लिन्छन् । कूलपितृको उद्धार, जगत भलो, सुख, एश्वर्य प्राप्त होस् । रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् । पन्र्धौँ शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका… पुरा पढौ

जापानमा कार्यरत छोराछोरीले आमाको स्मृतिमा आश्रममा भोजन सेवा

रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा बुधवार बागलुङस्थित मानवसेवा आश्रममा रहेका सहयोगापेक्षी नागरिकलाई भोजन सेवा उपलब्ध गराएका छन।आश्रममा रहनुभएका ४८ जना आश्रितजनलाई थापाका आफन्तजन ललिता, टीका, रुपा र रामले बिहानको भोजन वितरण गरेका थिए । थापा र उनकी दिदी कल्पना भने अहिले जापानमै हुनुहुन्छ । आमाको स्मृतिलाई मानवीय सेवामा जोड्ने हेतुले आश्रमलाई सहयोग गरेको थापाले टेलिफोनमा बताए ।भोजन सेवाका लागि थापाले रु. दश हजार आर्थिक सहयोग… पुरा पढौ

बागलुङमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

आकाशे पानी सङ्कलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका बागलुङ नगरपालिका–१० भकुण्डे निवासी मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको ज्यान भएको छ । आज बिहान ११ बजेतिर घरदेखि सय मिटरको दुरीमा रहेको पोखरीमा पौडी खेल्दा डुबेका उनलाई उपचारका लागि धवलागिरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै शुक्रबार साँझदेखि घरबाट बेपत्ता सोही वडाका २८ वर्षीय सागर थापा शनिबार राति साढे ८ बजेतिर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परिवारजनले खोजी गर्ने क्रममा घर नजिकैको… पुरा पढौ

गाउँको उत्पादनमा शहरियाको मन

बागलुङ-रैथाने उत्पादनप्रति शहरियाको चाख बढ्दो छ । असमयमै रोगको शिकार भइने डरले उनीहरु आहार विहारमा पनि सजग हुन थालेका हुन् । यहाँ खुलेका जैविक (अर्गानिक) खाद्य पसल उपभोक्ताको रोजाइमा छन् । हालको कोरोना महामारीमा स्थानीय उत्पादनको बजार माग झन् बढी छ । गाउँले खानाका पारखी त्यस्ता पसल खोजीखोजी चहार्छन् । ‘महालक्ष्मी अर्गानिक खाद्य उद्योग’का सञ्चालक सुवासकुमार राजभण्डारीले स्थानीय उत्पादनप्रति मानिसहरुको रुची बढ्दै गएको बताउनुभयो । “कहिलेकाहिँ माग धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “अर्गानिक खानामा उपभोक्ताको आकर्षण छ ।” उहाँको उद्योगमा… पुरा पढौ

गर्दनको हड्डी भचिएर थला परेका हर्कलाई जापानबाट ३ लाख बढि आर्थिक सहयोग प्रदान

नेपाली संस्कार कति उदार र अनुशरन योग्य छ। एकलाई अपथ्यारो पर्दा अर्कोको कति सहयोगी भावना उर्लेर आउछ भन्ने गतिलो उदाहरण हालै गलकोट नगरपालिका वार्ड नम्बर ९ बास्खोलाका हर्कबहादुर बिकलाई परदेशमा बस्ने नेपालीहरुले गरेको आत्मीयताबाट देख्न सकिन्छ ।अति विपन्न दलित परिवारका हर्क लामो समयदेखि अल्सरको उपचार गराउदै आएका थिए । गत महिना घरको आगनमा अचानक लड़ी गर्धनको हड्डी भाचिन पुग्यो ।उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो । त्यहा उपचार हुन नसक्ने जानकारी पाएसंगै परिवार ठूलो बिलखबन्दमा पर्यो । परिवारको मियो नै… पुरा पढौ

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ जिल्लाको पश्चिम क्षेत्र  बडिगाड गाउँपालिकाका एक युवाको आईतबार मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बडिगाड गाउँपालिका–५ सिमाक बस्ने चन्द्रबहादुर पाईजाको २२ वर्षीय छोरा रमेश पाईजाको मोवाईल चार्ज गर्ने क्रममा अचानक विद्युत सट भई करेन्ट लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँमा फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा विद्युत सर्ट भएको थियो । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक पाईजाका श्रीमती र १८… पुरा पढौ

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्ने बढेपछि कडाइ, पक्राऊ समेत गर्न थालियो

बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको उल्लंघन गरि बिना काम सडकमा हिँडडुल गर्ने करिब २५ जनालाई सम्झाई बुझाई गरि छाडिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बागलुङ बजारको लोकतानित्रक चोकमा केही समय सम्झाई बुझाई गरि छाडिएको प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरले बताए । बिनाकाम, बिना मास्क हिँडेका उनीहरुलाई प्रहरी टोलीले केही समय होल्डिङ गरेर राखेको थियो । आगामी दिनमा त्यस्तो कार्य नदोहोर्याउन अनुरोध गर्दै उनीहरुलाई छाडिएको… पुरा पढौ

कालीगण्डकीमाथि जेसिभी आक्रमण

बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो । अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए… पुरा पढौ

झोलुङ्गे पुलमुनी ट्याक्टर दुर्घटना

बागलुङ सदरमुकाममा ट्याक्टर दुर्घटना भएको छ । बागलुङ नगरपालिका—१ रामरेखा स्थीत बागलुङ—पाङ जोड्न् बिश्व कै सबैभन्दा लामो पुलमुनी ट्याक्टर दुर्घटना भएको हो । ग १ त ४११२ नम्बर ट्याक्टर दुर्घटना भएर क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट पौडेले बताए । ट्याक्टरमा रहेका तीन जना भने हाम फालेर सकुसल रहेको उनले जानकारी दिए । ‘ठिक लामो पुलमुनीबाट ट्याक्टर तल खसेर क्षतविक्षत भएको छ,’ प्रहरी निरीक्षक पौडेलले भने,‘चालक सहित तीन जना रहेछन् । उनीहरु हाम फालेर बाँचेका छन् ।… पुरा पढौ

बागलुङमा भदौ ५ गतेसम्म निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बागलुङ-बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।  बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था,… पुरा पढौ