समाज

पहिरोमा परि गुल्मीमा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो। पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । राति करिब १ बजे घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको… पुरा पढौ

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो ‘क्लु’ जसले अनुसन्धानलाई ‘यू टर्न’ गरायो

संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ। संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानको आधारमा योजनाबद्ध रूपमा हत्या भएको पुष्टि भएको हो ।   जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वजन सुवेदीका अनुसार तेजबहादुरको परिवारको हत्याका मुख्य योजनाकार खड्गबहादुर कार्की हुन् । सोमबार प्रहरीले खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्कीलाई… पुरा पढौ

‘गलकोट समाज जापानको सदस्य बनौ’अभियान संचालन

जापानमा रहेका बिभिन्न सामाजिक संस्थाहरु मध्यमा पनि सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको गल्कोट समाज जापानले बाग्लुग जिल्लाको गल्कोट क्षेत्रबाट बिभिन्न पेशा,ब्यबसाय,रोजगारी तथा अध्ययनका लागि जापानमा रहने सम्पुर्ण गल्कोटेलाई गल्कोट समाज जापानको सदस्य हुन अनुरोध सहित ‘सदस्य बनौ अभियान संचालन’ गरेको छ।यो अबधिमा साधारण सदस्य र आजीवन सदस्य लिनका लागि आग्रह गरिएको छ।साधारण सदस्यका लागि २ हजार येन शुल्क निर्धारण गरिएको छ जसको अबधि दुई बर्ष रहने छ।यस अभियानमा साधारण सदस्य बनेमा २ हजार येनमा साधारण सदस्य बने पनि समय अबधि… पुरा पढौ

अनौठो पर्व : सिस्नो खोस्ने

भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तरार्धतिर यहाँका रैथाने मगर आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने भदौरे पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक दुई वर्षमा सिस्नो खोस्ने पर्वको रौनक छाउँछ । शरद ऋतुको छेकोमा मनाइले भएकाले त्यसले पर्वमय यामको झल्को दिन्छ । स्थानीयवासी हर्षोलासपूर्वक पर्वमा भाग लिन्छन् । कूलपितृको उद्धार, जगत भलो, सुख, एश्वर्य प्राप्त होस् । रोगव्याधी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्छन् । पन्र्धौँ शताब्दीतिर डोल्पाको ताराभोटबाट आएका मगरका… पुरा पढौ

जापानमा कार्यरत छोराछोरीले आमाको स्मृतिमा आश्रममा भोजन सेवा

रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा बुधवार बागलुङस्थित मानवसेवा आश्रममा रहेका सहयोगापेक्षी नागरिकलाई भोजन सेवा उपलब्ध गराएका छन।आश्रममा रहनुभएका ४८ जना आश्रितजनलाई थापाका आफन्तजन ललिता, टीका, रुपा र रामले बिहानको भोजन वितरण गरेका थिए । थापा र उनकी दिदी कल्पना भने अहिले जापानमै हुनुहुन्छ । आमाको स्मृतिलाई मानवीय सेवामा जोड्ने हेतुले आश्रमलाई सहयोग गरेको थापाले टेलिफोनमा बताए ।भोजन सेवाका लागि थापाले रु. दश हजार आर्थिक सहयोग… पुरा पढौ

बागलुङमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

आकाशे पानी सङ्कलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका बागलुङ नगरपालिका–१० भकुण्डे निवासी मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको ज्यान भएको छ । आज बिहान ११ बजेतिर घरदेखि सय मिटरको दुरीमा रहेको पोखरीमा पौडी खेल्दा डुबेका उनलाई उपचारका लागि धवलागिरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै शुक्रबार साँझदेखि घरबाट बेपत्ता सोही वडाका २८ वर्षीय सागर थापा शनिबार राति साढे ८ बजेतिर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परिवारजनले खोजी गर्ने क्रममा घर नजिकैको… पुरा पढौ

गाउँको उत्पादनमा शहरियाको मन

बागलुङ-रैथाने उत्पादनप्रति शहरियाको चाख बढ्दो छ । असमयमै रोगको शिकार भइने डरले उनीहरु आहार विहारमा पनि सजग हुन थालेका हुन् । यहाँ खुलेका जैविक (अर्गानिक) खाद्य पसल उपभोक्ताको रोजाइमा छन् । हालको कोरोना महामारीमा स्थानीय उत्पादनको बजार माग झन् बढी छ । गाउँले खानाका पारखी त्यस्ता पसल खोजीखोजी चहार्छन् । ‘महालक्ष्मी अर्गानिक खाद्य उद्योग’का सञ्चालक सुवासकुमार राजभण्डारीले स्थानीय उत्पादनप्रति मानिसहरुको रुची बढ्दै गएको बताउनुभयो । “कहिलेकाहिँ माग धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “अर्गानिक खानामा उपभोक्ताको आकर्षण छ ।” उहाँको उद्योगमा… पुरा पढौ

गर्दनको हड्डी भचिएर थला परेका हर्कलाई जापानबाट ३ लाख बढि आर्थिक सहयोग प्रदान

नेपाली संस्कार कति उदार र अनुशरन योग्य छ। एकलाई अपथ्यारो पर्दा अर्कोको कति सहयोगी भावना उर्लेर आउछ भन्ने गतिलो उदाहरण हालै गलकोट नगरपालिका वार्ड नम्बर ९ बास्खोलाका हर्कबहादुर बिकलाई परदेशमा बस्ने नेपालीहरुले गरेको आत्मीयताबाट देख्न सकिन्छ ।अति विपन्न दलित परिवारका हर्क लामो समयदेखि अल्सरको उपचार गराउदै आएका थिए । गत महिना घरको आगनमा अचानक लड़ी गर्धनको हड्डी भाचिन पुग्यो ।उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पुर्याइयो । त्यहा उपचार हुन नसक्ने जानकारी पाएसंगै परिवार ठूलो बिलखबन्दमा पर्यो । परिवारको मियो नै… पुरा पढौ

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

बागलुङ जिल्लाको पश्चिम क्षेत्र  बडिगाड गाउँपालिकाका एक युवाको आईतबार मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बडिगाड गाउँपालिका–५ सिमाक बस्ने चन्द्रबहादुर पाईजाको २२ वर्षीय छोरा रमेश पाईजाको मोवाईल चार्ज गर्ने क्रममा अचानक विद्युत सट भई करेन्ट लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँमा फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा विद्युत सर्ट भएको थियो । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक पाईजाका श्रीमती र १८… पुरा पढौ

बागलुङमा निषेधाज्ञा उल्लंघन गर्ने बढेपछि कडाइ, पक्राऊ समेत गर्न थालियो

बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको उल्लंघन गरि बिना काम सडकमा हिँडडुल गर्ने करिब २५ जनालाई सम्झाई बुझाई गरि छाडिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बागलुङ बजारको लोकतानित्रक चोकमा केही समय सम्झाई बुझाई गरि छाडिएको प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरले बताए । बिनाकाम, बिना मास्क हिँडेका उनीहरुलाई प्रहरी टोलीले केही समय होल्डिङ गरेर राखेको थियो । आगामी दिनमा त्यस्तो कार्य नदोहोर्याउन अनुरोध गर्दै उनीहरुलाई छाडिएको… पुरा पढौ