बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

-


     जनहित न्युज    
     श्रावण ३१ गते २०७८


बागलुङ जिल्लाको पश्चिम क्षेत्र  बडिगाड गाउँपालिकाका एक युवाको आईतबार मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–५ सिमाक बस्ने चन्द्रबहादुर पाईजाको २२ वर्षीय छोरा रमेश पाईजाको मोवाईल चार्ज गर्ने क्रममा अचानक विद्युत सट भई करेन्ट लागेर घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार सोही ठाउँमा फुपुको घरमा मोबाईल चार्ज गर्ने क्रममा विद्युत सर्ट भएको थियो । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक पाईजाका श्रीमती र १८ महिनाकी छोरी रहेको बताईएको छ । घटनाबारे जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ग्वालीचौर प्रहरी चौकीबाट प्रहरीले टोली पुगेको थियो ।

उनको शव पोष्ट मार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । दिउँसो २ः२० बजेको समयमा करेन्ट लागेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?