समाज

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’बाट जनजीवनमा प्रभाव

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको ‘नेपाल बन्द’का कारण मंगलबार बिहानैदेखि संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवनमा असर परेको छ।  काठमाडौंमा सार्वजनिक सवारी साधनहरू चलेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् । छिटफुट रूपमा मात्रै सडकमा सवारीका साधन चलेका देखिन्छन् । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा पनि बन्दको सामान्य प्रभाव परेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रु सार्वजनिक यातायात नचल्दा अपलत्र परेका हुन् । कलंकी, नयाँ बसपार्क, बल्खु, कोटेश्वर लगायतका… पुरा पढौ

रेड पाण्डाको छाला सहित काठमाण्डौबाट पाँच जना पक्राउ

दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित पाँच जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको बिशेष अनुसन्धान टोलीले पक्राउ गरेको छ । काठमाण्डौ चाबहिल क्षेत्रमा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागि लुकाई छिपाई ल्याई राखेको भन्ने बिशेष सूचनाको आधारमा आइतबार ती पाँच जनालाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राऊ पर्नेमा काभ्रे ज़िल्ला रोशी गाउपालिका वडा नम्बर घर भई हाल काठमाण्डौ बस्ने २६ वर्षिय युवक लामा, नुवाकोट ज़िल्ला पन्चकन्या गाऊँपालिका वडा नम्बर ४ घर भै हाल… पुरा पढौ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित गलकोटका युवक पक्राउ

प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुन रहेको आदर्शसंचारले आफ्नो समाचारमा लेखकों छ । बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो । त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीसँग घरमा ५० लाख… पुरा पढौ

बाढ़ीले पुल बग़ाउदा ६० जनाको उद्दारमा समस्या, हेलिकप्टरबाट उद्दारको प्रयास हुदै

अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे… पुरा पढौ

जापानबाट फर्केका घर्ती दम्पतीले ताराखोलामा सुरू गरे व्यावसायिक कालिजपालन

कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थालेका छन् । ताराखोला गाउँपालिका-२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा जापानमा बसेका घर्ती दम्पतीले अहिले गाउँमै दुई सय २५ वटा कालिज पालेर व्यवसाय सुरु गरेका छन् । पाँच रोपनी जग्गामा नुवाकोटबाट उन्‍नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालेको उनको भनाइ छ । ‘साढे ५ वर्ष जापानमा आफ्नो पसिना बगाए… पुरा पढौ

गलकोटमा घर तोडफोड गरि चोरी, नगद र सुनसहित १ जना पक्राउ ।

गलकोट नगरपालिका वडा नम्वर ३ को तल्लोलमाईमा आज दिउसोको समयमा एक घर तोडफोड गरि चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ निवासी खिमा अधिकारीको घर तोडफोड गरि चोरी भएको हो । विहान करिव पौने १० बजे अध्यापन गर्न नजिकैको जय सन्तोषि माँ प्राथमिक विद्यालय जानुभएकी खिमा अधिकारीको घरमा करिव २ बजेर ५६ मिनेट जादा छिमेकीले घरको ढोका खुल्ला रहेको देखेपछि चोरी भएको भन्दै अधिकारीलाई खवर गरेका थिए । अधिकारी घरमा पुगेर हेर्दा तोडफोड गरि चोरी भएको देखेपछि भन्दै… पुरा पढौ

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलको घोषणा*!

यो समाचार पछि अपडेट सहित राखिने छ । यसबाट पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौ । सम्पादक पुरा पढौ

पहिरोमा परि गुल्मीमा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो। पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । राति करिब १ बजे घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो।पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको… पुरा पढौ

६ जनाको सामुहिक हत्यामा प्रहरीले भेटेको त्यो ‘क्लु’ जसले अनुसन्धानलाई ‘यू टर्न’ गरायो

संखुवासभा मादी नगरपालिका - १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको प्रकरणमा प्रहरीले थप चार जना संलग्न रहेको सार्वजनिक गरेपछि घटनामा फेरि ट्विस्ट देखापरेको छ। संखुवासभा प्रहरीले यसअघि तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीको बयानको आधारमा योजनाबद्ध रूपमा हत्या भएको पुष्टि भएको हो ।   जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वजन सुवेदीका अनुसार तेजबहादुरको परिवारको हत्याका मुख्य योजनाकार खड्गबहादुर कार्की हुन् । सोमबार प्रहरीले खड्गबहादुर कार्कीसहित उनका छोरा हस्तबहादुर कार्की, रणबहादुर कार्की र उनका छोरा नरेश कार्कीलाई… पुरा पढौ

‘गलकोट समाज जापानको सदस्य बनौ’अभियान संचालन

जापानमा रहेका बिभिन्न सामाजिक संस्थाहरु मध्यमा पनि सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको गल्कोट समाज जापानले बाग्लुग जिल्लाको गल्कोट क्षेत्रबाट बिभिन्न पेशा,ब्यबसाय,रोजगारी तथा अध्ययनका लागि जापानमा रहने सम्पुर्ण गल्कोटेलाई गल्कोट समाज जापानको सदस्य हुन अनुरोध सहित ‘सदस्य बनौ अभियान संचालन’ गरेको छ।यो अबधिमा साधारण सदस्य र आजीवन सदस्य लिनका लागि आग्रह गरिएको छ।साधारण सदस्यका लागि २ हजार येन शुल्क निर्धारण गरिएको छ जसको अबधि दुई बर्ष रहने छ।यस अभियानमा साधारण सदस्य बनेमा २ हजार येनमा साधारण सदस्य बने पनि समय अबधि… पुरा पढौ