समाज

महिला प्रहरी बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

बलात्कार आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन्। सशस्त्र प्रहरीमा कार्यरत एक महिला सुरक्षाकर्मीको जाहेरीका आधारमा थापालाई जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले पक्राउ गरी बाँकेमा बुझाएको हो। आरोपित थापाले पटकपटक महिला सुरक्षाकर्मीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। प्रहरीका अनुसार ती सुरक्षाकर्मी बाँकेमा कार्यरत छिन्। बाँके प्रहरी स्रोतकाअनुसार दुई जनाबीच विवाह गर्ने सहमतिमा सम्बन्ध राखिएको थियाे। तर अचानक महिला सुरक्षाकर्मीले प्रहरीमा उजुरी हालेपछि घटनाक्रमले नयाँ रुप लिएको बताइएकाे छ। प्रहरीले प्रशासकीय अधिकृत थापालाई बिहिबार अदालतसमक्ष… पुरा पढौ

यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’

डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ । यसकारण क्रिसमस ट्रीचिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस… पुरा पढौ

अक्सफोर्ड विश्वविद्यालयको संग्रहालयमा भेटियो नेपालबाट चोरी भएको १३ सय वर्ष पुरानो मूर्ति

काठमाडौँ – नेपालबाट चोरी भएको कम्तीमा १३ सय वर्ष पुरानो मूर्ति बेलायतको एक संग्रहालयमा फेला परेको छ। सातौँ–आठौँ शताब्दीको अवलोकितेश्वर/बोधिसत्व पद्मपानीको ढुंगाको मूर्ति काठमाडौँको लगन टोल तः बहामा रहेको बौद्धबिहारबाट चोरी भएको थियो। सन् १९८० को दशकमा चोरी भएको सो मूर्ति इंग्ल्याण्डस्थित अक्सफोर्ड विश्वविद्यालयको एश्मोलिएन म्युजियम अफ आर्ट एण्ड आर्किओलोजीको संग्रहमा फेला परेको नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। लगन टोलको बौद्धबिहारबाट सो… पुरा पढौ

‘पाहुनालाई ढिडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागलुङको एक सहकारीले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ । धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो । सुचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने… पुरा पढौ

हेलिकोप्टरबाट नदेखिने छाउगोठका दर्दनाक कहानी

एक जना वृद्धाले सुदूरपश्चिममा भनेकी थिइन्, ‘मलाई त छाउ हुने बेला आएपछि पिर पर्न थाल्थ्यो। वर्षातको बेलामा त कुन गोठ चुहिँदैन भनेर खोज्नु पर्थ्यो। गाउँका धेरै महिला एकै चोटी छाउ हुँदा त गोठमा पनि बस्न गाह्रो हुन्थ्यो। चुहिने गोठमा बस्दा बस्दा घरका मानिससँग छाता माग्दा, ‘तिमी छाउपडीलाई छाता चाहिने’? भनेर हप्काउँथे। जाडो र वर्षामा धोएको लुगा नसुकेर घरका मानिसँग सुकेको लुगा माग्दा ‘तिमी छाउपडीलाई किन सुकेको लुगा चाहियो?’ भन्थे। धेरै जना महिला एकै ठाउँमा बस्दा खुट्टा तन्काउने ठाउँ पनि हुँदैनथ्यो।… पुरा पढौ

जापानको योकोहामा सबवे ट्रेनमा ‘हथौडा’ आक्रमणबाट दुईजना महिला घाइते

पूर्वी जापानको योकोहामा सहरमा चलिरहेको एक रेलमा महिलाले हथौडा जस्तो देखिने एक औजारले हमला गर्दा दुईजना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।कानागावा प्रिफेक्चरको इजुमी प्रहरी स्टेशनले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ ।योकोहामाको इजुमी वार्डको शोनानदाइ स्टेशनको लागि जाँदै गरेको म्युनिसिपल सबवे ब्लू लाइनको छ वटा कार भएको चलिरहेको ट्रेनमा मंगलबार दिउँसो २ बजेर १० मिनेटमा भएको उक्त घटना थियो।संदिग्ध व्यक्तिले एक ७१ वर्षीया महिला र १८ वर्षीया हाई स्कूलकी छात्राको टाउकोमा प्रहार गरेको थिइन ।आक्रमणबाट दुवैजनालाई सामान्य चोट… पुरा पढौ

जापानी अन्तरिक्ष पर्यटक १२ दिनमा सुरक्षित रूपमा पृथ्वीमा फर्किए

एक जापानी अर्बपति, उनका निर्माता र एक रुसी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन्।फेसन टाइकुन युसाकु माइजावा, उनका निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्ज्याण्डर मिसुरकिनले बिहान ९:१३ मा कजाकस्तानको स्टेप्समा रहेको रुसी सोयुज क्याप्सुलमा जहेजकाजगान सहरबाट १४८ किलोमिटर दक्षिणपूर्वमा सफ्ट ल्यान्डिङ गरेका थिए। अन्तरिक्षबाट अवतरण गरेको सो टोलीलाई आवश्यकता अनुसारको उद्धारका लागि भनेर ल्यान्डिङ हुने क्षेत्रमा बादलको तल्लों सतहमा खोजी गर्न हेलिकप्टरसहितको उद्धार टोली तैनाथ गरिएको थियो ।अवतरित भएपछि सो… पुरा पढौ

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

झापा- मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी… पुरा पढौ

नेपाल भलिबल संघ जापानको आयोजनामा भएको खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचाल्यो ।

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको छ । गलकोट समाज जापान गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई १६ मा नै रोकेर… पुरा पढौ

जापानको मुशासिनो सिटीले विदेशीहरूलाई जनमत संग्रहमा मतदान गर्ने अनुमति दिने

पश्चिमी टोकियोको मुसाशिनो सिटी सभाको एक समितिले विदेशी बासिन्दाहरूलाई स्थानीय जनमत संग्रहमा मतदान गर्न अनुमति दिने गरि एक प्रस्तावित अध्यादेशलाई अनुमोदन गरेको छ ।समितिका छ सदस्यहरू मध्ये, तीन जनाले योजनाको पक्षमा मतदान गरे, जबकि अन्य तीनले यसको विपक्षमा मतदान गरे, तर सीडीपीजे समर्थित समितिका अध्यक्षले यसलाई अनुमोदन दिएपछि यो पारित भयो।डिसेम्बर २१ मा हुने पूर्ण मतदानबाट सो अध्यादेश पारित भएमा कानागावा प्रान्तको जुशी र पश्चिमी जापानको ओसाका प्रान्तको टोयोनाकासँगै मुसाशिनो सिटीले विशेष शर्तहरू बिना विदेशीहरूलाई मतदानको अधिकार दिने जापानको तेस्रो… पुरा पढौ