जापानको योकोहामा सबवे ट्रेनमा ‘हथौडा’ आक्रमणबाट दुईजना महिला घाइते

-


     जनहित न्युज    
     पौष ६ गते २०७८


पूर्वी जापानको योकोहामा सहरमा चलिरहेको एक रेलमा महिलाले हथौडा जस्तो देखिने एक औजारले हमला गर्दा दुईजना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।कानागावा प्रिफेक्चरको इजुमी प्रहरी स्टेशनले आक्रमणकारीको खोजी भैरहेको जनाएको छ ।
योकोहामाको इजुमी वार्डको शोनानदाइ स्टेशनको लागि जाँदै गरेको म्युनिसिपल सबवे ब्लू लाइनको छ वटा कार भएको चलिरहेको ट्रेनमा मंगलबार दिउँसो २ बजेर १० मिनेटमा भएको उक्त घटना थियो।संदिग्ध व्यक्तिले एक ७१ वर्षीया महिला र १८ वर्षीया हाई स्कूलकी छात्राको टाउकोमा प्रहार गरेको थिइन ।आक्रमणबाट दुवैजनालाई सामान्य चोट लागेको छ ।

कालो पाइन्ट लगाएको र कालो कपाल भएको भनिएको आक्रमणकारी हमलापछि अर्को गाडीमा चढेर भागेको भागेकी थिइन । आक्रमणकारी महिलाको उमेर ६० वर्षको आसपास रहेको र करिब १५० सेन्टिमिटर अग्लो भएको बताइएको छ।
नाकादा स्टेसनमा एकजना पीडितले आफूलाई हथौडाले प्रहार गरेको भन्दै प्रहरी अधिकारीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?