पर्वतको फलेवास नगरपालिका- १, कार्कीनेटाका भवानीप्रसाद शर्मा यतिबेला व्यावसायिक कृषि कर्ममा व्यस्त छन्। उनी लामो समयको पत्रकारिता पेसा छाडेर व्यावसायिक कृषि कर्ममा लागेका हुन्। पर्वतको कुस्मालाई कार्य क्षेत्र बनाएर झन्डै दुई दशक सक्रिय पत्रकारिता गरेका शर्मा अहिले ‘धौलागिरि अर्गानिक कफी प्रोडक्ट’ कम्पनीमार्फत व्यावसायिक रूपमा कृषि उद्यमी बनेका छन्। उनले स्पेसटाइम दैनिक, एभिन्युज टेलिभिजन र अन्य रेडियोहरुमा समेत काम गरेका थिए। शर्माले जिल्लामा नगन्य रुपमा पत्रिका प्रकाशन भएको त्यस समयमा धौलागिरिलाई केन्द्रित गरी दैनिक धौलागिरि पोष्ट र प्रेक्षा मासिक पत्रिका प्रकाशन…
पुरा पढौ