समाज

झडपमा प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु जारी

यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् । गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा… पुरा पढौ

अब नेपाल जादा कसले कोभिड-१९ को परिक्षण गरिनुपर्छ? नया अपडेटसहित

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड- १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण सम्बन्धी मापदण्ड निर्धारण गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड -१९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनु भयो । केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षण (आरटी पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले डेस्कहरुमा परीक्षण… पुरा पढौ

किन जापानमा पेन्सनमा बाँच्ने वृद्धवृद्धा जेल जान चाहन्छन् 

जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ - ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ।  किन? भन्ने प्रश्नको जवाफ खोजेका छन्।  हिरोशिमास्थित घरमा पुनर्स्थापित गर्नु अघि राखिने एउटा केन्द्रमा रहेका टोशियो टकाटाले गरिबीका कारण आफूले कानून तोडेको बताए। उनी नि:शुल्क बस्ने ठाउँको खोजीमा थिए, जेल भएपनि उनलाई त्यो मान्य थियो। "म पेन्सन पाउने उमेरमा पुग्दा मसँग भएको सबै पैसा सकियो। त्यसपछि मैले सोचेँ जेल जान पाए त म सित्तैँमा बस्न पाउनेछु।""त्यसैले मैले एउटा… पुरा पढौ

गाईको शोकमा किरिया……..

रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका थिए । उनी विगत नौ दिनदेखि हिन्दू… पुरा पढौ

घुम्टेको काख मल्ममा ऐतिहासिक होली पूर्णिमा मेला सुरु

घुम्टे युवा परिवारको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पुर्णिमा सोमबारबाट देखि सुरु भएको छ । मेलाको पहिलो दिन बृहत खुल्ला कृषि प्रर्दशनी मेला सकिएको छ गलकोट क्षेत्रका कृषकहरुको प्रदर्शनीमा उल्लेख्य सहभागिता रहेको थियो ७ वटा विधामा मुल्याङकन गरिएको थियो । कृषि मेला प्रदर्शनीको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले उदघाटन गरे । मेलामा आयोजित पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक सेभेन स्टार ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका प्रतिनिधी मान बहादुर भण्डारीले रेफ्रीलाई भलिबल हस्तान्तरण… पुरा पढौ

संखुवासभा दुर्घटनाका मृतक १४ मध्ये १० को सनाखत नामावलीसहित

संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको सनाखत भएको छ ।  दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान साढे ७ बजे संखुवासभाको मादी नगरपालिका- ६ सातघुम्तीमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।  दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ। मृतकमा… पुरा पढौ

घुम्टेको काख मल्ममा परम्परागत होली मेला

खेलकूद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको ३७ औं वार्षिकोत्सव तथा परम्परागत होली पूर्णिमा मेला २०७८ फागुन ३० गतेदेखि चैत ३ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ । होली पूर्णिमा मेलामा खुल्ला कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको… पुरा पढौ

दुर्गम गाउँमा पुगेको मोवाईल सेवाले स्थानीयमा छाएको खुसी

केहि महिना पहिले सम्म त्यस क्षेत्रमा मोवाईल सेवा नै थिएन । गाउँलेहरुलाई सूचना आदान प्रदान गर्न सम्वन्धित ठाउँमा घण्टौं लागेर धाउनु पर्थ्यो । मोवाईल सेवा नहुँदा निसीखोला गाउँपालिका वडा नं १ देविस्थान स्थित पाखापानी, तोरीखर्क, किटेनी, बराहचौर, सात्ले, स्वाँरा, डाँडागाउँ, पुर्नगाउँका झण्डै ५ सय घरधुरीले निकै समस्या झेल्दै आईरहेका थिए । अहिले भनें नेपाल टेलिकमले उक्त गाउँको लेबाङमा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्न आफनो सेवा… पुरा पढौ

प्रेस सेन्टर बागलुङले सबै पालिकामा तालिम,संगठन विस्तार र प्रशिक्षण आयोजना गर्ने

प्रेस सेन्टर नेपाल बागलुङको पुर्ण बैठक गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा आज सम्पन्न भएको छ बैठकले संगठनलाई समय सापेक्ष अगाडी बढाउन र पत्रकारहरुको हक हित र अधिकारको निमित्त विभिन्न निर्णय गरेको छ । संगठनको गत कात्तिकमा बागलुङ बजारमा सम्पन्न सम्मेलनको समिक्षा गर्दै जिल्लाका १० वटै स्थानीय तहमा पत्रकारिता तालिम, संगठन विस्तारसँगै सदरमुकाममा विषयगत पत्रकारिता तालिम सञ्चालन गर्ने योजना तय गरेको प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जन कुमार सिंहले जानकारी दिनुभयो । त्यस्तै सेन्टरले स्थापना गरेको २ वटा पुरस्कारलाई व्यवस्थापन… पुरा पढौ

जापानमा जन्मदर लगातार हरेक वर्ष घट्दोक्रम, २०२१ मा जन्मेको संख्या भन्दा मृत्यु हुने संख्या ६ लाख बढि

जापानमा जन्मिएका बालबालिकाको संख्या २०२१ मा लगातार छैठौं वर्षमा पनि न्यून रहेको र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढी मृत्युको भै देशको जनसंख्या घट्ने निरन्तर प्रवृत्तिलाई फेरि निरन्तरता दिदै गएको सरकारी तथ्याङ्कले देखाएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२० देखि नवजात शिशुको संख्या ३.४ प्रतिशतले घटेर ८ लाख ४२ हजार ८ सय ८७ मा पुगेको छ भने मृत्यु ४.९ प्रतिशतले बढेर १४ लाख ५२ हजार २८९ पुगेको छ, जसको परिणामस्वरूप १२ करोड ५० लाख भएको देशमा प्राकृतिक… पुरा पढौ