समाज

घुम्टे युवा परिवार जापान शाखाले आर्थिक अभावले उपचारमा समस्यामा भोगेकी मनकुमारीलाई ४ लाख बढि आर्थिक सहयोग प्रदान

रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखापरि लामों उपचारका कारण आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि ६१ वर्षीय मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ ।निम्नमध्यम वर्गीय परिवारकी परियारको उच्चरक्त चापका कारण टाउकोमा गम्भीर समस्या देखापरेपछि काठमाडौको टिचिङ अस्पतालमा करिब एक महिना लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै शाखालाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित ४ लाख ५८ हजार ६ सय ५१ रुपैया… पुरा पढौ

जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै 

जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुनलाई परिमार्जन गर्ने भएको  छ ।  सरकारले १९ औं शताब्दीमा बनेको सो कानुन परिमार्जन गर्ने भएको हो ।  सो कानुनअनुसार महिलाको पूर्व पतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रुपमा राख्न पाइने प्रचलन थियो । दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिन भित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रुपमा राख्न पाउने कानुन थियो । तर, हाल सो कानुन मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानुन परिमार्जन गर्न सिफारिस गरेको थियो  ।… पुरा पढौ

सहरमा बस्ने मोह 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अहिले नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । दस वर्षअघि गरिएको जनगणनामा कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । दस वर्षको अवधिमा नेपालमा २६ लाख ९७ हजार ९७६ जनसङ्ख्या बढेको छ । उक्त सङ्ख्यालाई प्रतिशतमा नाप्दा १०.१८ हुन्छ । यस अवधिमा नेपालको जनसङ्ख्याको वार्षिक वृद्धिदर ०.९३ प्रतिशत भएको छ । जुन दस वर्षअघि १.३५ प्रतिशत थियो । कुल जनसङ्ख्यामा पुरुष ४८.९६ प्रतिशत र महिला ५१.०४… पुरा पढौ

वैदेशिक रोजगार कल्याणकारी कोषलाई वैदेशिक रोजगारमा रहेका कामदारको हितमा कार्यान्वयन गर्न नीतिगत पहलका लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली जनप्रगतिशील मंच जापानको आग्रह

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तरगत रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई विदेशमा रहेका नेपाली आप्रबासीको अधिकतम हितमा उपयोग गर्नका लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गराउन आवश्यक पहलका लागि नेपाली जनप्रगतिशील मंच जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।मंचका अध्यक्ष भवानी पन्तले प्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर लाखौको संख्यामा बिदेशमा रहेका नेपालीहरूमध्य कतिपयको मृत्यु हुने, गम्भिर प्रकृतिका स्वास्थ्य समस्यामा पर्ने, दुर्घटनामा पर्ने दलालहरूबाट ठगीमा पर्ने लगायतका समस्यामा पारेकालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको व्यवस्थित कार्यान्वयनमा… पुरा पढौ

१० वर्ष रित्तिएको घर फर्केपछि… 

गाउँको घर रुग्ण र बारी बञ्जर भइसकेको थियो । कुशल राना परिवारसहित काठमाडौँ बस्थे । भविष्य खोज्दै १० वर्षअघि सहर पसेका थिए, उनि । काठमाडौँ छँदै राना कतार पुगे ।  त्यहाँ टिक्न नसकेपछि दुई वर्षमै फर्किए । चार वर्ष म्याग्दीको जलविद्युत् परियोजनामा काम गरे । त्यसपछि भने रानाले जागिरे मनस्थिति त्यागे । जैमिनी नगरपालिका–७ जैदी बोरका रानाले गाउँ फर्कने निधो गरे । १० वर्षपछि थातथलो फिर्दा घर बस्न लायक थिएन । बारी घाँस र झाडीले ढाकिएको थियो ।  तैपनि रानाको… पुरा पढौ

आमाको मृत्युमा शोक व्यक्त गर्न घरमा आएका तीन स्वास्थ्यकर्मीमाथि गोली प्रहार गरि बन्धक बनाइएका एक जनाको मृत्यु

बिहीबार राति टोकियो नजिकैको साइतामामा आफ्नो घरमा भेट्न आएका तीन जना स्वास्थ्यकर्मीलाई ६६ वर्षीय एक व्यक्तिले बन्दुकद्वारा गोली प्रहार गरि आक्रमण गरेर बन्धक बनाएका मध्य एकजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।प्रहरीले साइतामा प्रान्तको फुजिमिनोमा रहेको हिरोशी वातानाबे भनेर चिनिने व्यक्तिको घरमा भएको उक्त घटनालाई शुक्रबार बिहान ११ घण्टापछि प्रहरीले छापा मारेर निजलाई गिरफ्तार गरेपछि स्थिति नियन्त्रणमा आएको हो।आक्रमणपछि बन्धक बनाएर राखिएका ४४ वर्षीय डाक्टर जुनिची सुजुकीको मृत्यु भएको, गोली लागेका ४१ वर्षीय फिजियोथेरापिस्ट स्वास्थ्यकर्मी बेहोस रहेको र अश्रुग्यास प्रहारबाट… पुरा पढौ

सुन्तला बेचेर सिगानामा भित्रियो साढे दुई करोड 

बागलुङ नगरपालिका–८ का सिगानाका अनन्त बहादुर खड्काले यसवर्ष आफ्नो बगैचाका सुन्तला टिपेर पोखरा पु¥याए । आफै सुन्तला टिपेर पोखरा पु¥याएका सुन्तला किसान खड्काको हातमा यस वर्ष सुन्तला विक्रि गरेर रु. चारलाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउदा रु. चार लाख बचत समेत भयो । सुन्तला गाउँका रुपमा परिचय कमाएको बागलुङको सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैचा अनन्त खड्काको छ । खड्काको बगैचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मुल्य पार्न पोखरा… पुरा पढौ

सबै स्वरोजगार बनेको एउटा गाउँ ‘बयलीडाँडा’ 

हाल गलकोट नगरपालिका २ बयलीका सबै स्वरोजगार छन् । बयली आसपासमा रहेका सबै ४५ घरधुरीले नै तरकारी बेचेरै लाखौं कमाउन थालेका छन् । अन्न बेसाएर खाने गरेको बयलीडाँडाले हाल लाखौंको तरकारी बजार पठाउन थालेको छ । वैदेशिक रोजगारबाट हैरानी खेपेर फर्केका हिराबहादुर पुनले यहाँ सुरु गरेको हाइटेक प्रविधिको खेती अहिले अरु घरले पनि थालेका छन् ।  पहिले पुनले टनेल बनाउन मात्रै एक लाख खर्चेको देखेर गाउँलेले गाली गर्थे । ‘नहुने ठाउँमा खर्च गरेको भनेर धेरैको गाली खाएँ, काम छाडिनँ’ उनले भने… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन सम्पन्न, आगामी कार्यकालको लागि दिनेश थापा अध्यक्षमा चयन

सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकाल २०२२-२०२४ को लागि दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित दिनेश थापा बागलुङ जिल्ला तत्कालिन मल्मको मल्म क्षेत्रबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरूको उल्लेख्य उपस्थितिमा मंगलबार टोकियोको शिन ओकुवोमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा नारायण थापा, दुर्गा थापा, संग्राम साहानी, प्रशान्त… पुरा पढौ

२ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै

आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको… पुरा पढौ