वैदेशिक रोजगार कल्याणकारी कोषलाई वैदेशिक रोजगारमा रहेका कामदारको हितमा कार्यान्वयन गर्न नीतिगत पहलका लागि माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली जनप्रगतिशील मंच जापानको आग्रह

-


     जनहित न्युज    
     माघ १५ गते २०७८


वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड अन्तरगत रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई विदेशमा रहेका नेपाली आप्रबासीको अधिकतम हितमा उपयोग गर्नका लागि उपयुक्त नीति बनाएर कार्यान्वयन गराउन आवश्यक पहलका लागि नेपाली जनप्रगतिशील मंच जापानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
मंचका अध्यक्ष भवानी पन्तले प्रत्यक्ष रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर लाखौको संख्यामा बिदेशमा रहेका नेपालीहरूमध्य कतिपयको मृत्यु हुने, गम्भिर प्रकृतिका स्वास्थ्य समस्यामा पर्ने, दुर्घटनामा पर्ने दलालहरूबाट ठगीमा पर्ने लगायतका समस्यामा पारेकालाई प्राथमिकतामा राखेर वैदेशिक रोजगार कल्याणकारी कोषको व्यवस्थित कार्यान्वयनमा नीतिगत र व्यावहारिक पहल गरिदिनका लागि आग्रह गरेका हुन ।

भेटका अवसरमा विदेशमा कोषले विदेशमा मृत्यु भइ शव ल्याउन नसकी अलपत्र परेमा, विदेशमा नेपाली कामदार मृत्यु भएमा र अंगभंग भएमा आर्थिक सहयोग तथा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान, विदेशमा अलपत्र परेकालाई स्वदेश फिर्ता ल्याउन सहयोग, फर्केका कामदारलाई रोजगारमूलक तालिम संचालनमा सो कोषको उपयोग गरिनुपर्नेमा नीति कार्यान्वयन गराउन पहल गर्ने बारेमा छलफल भएको मंचका अध्यक्ष पन्तले बताए ।
विदेशमा २१ लाख भन्दा बढी नेपाली रहेको अबस्थामा बिदेशबाट नै उनीहरूलाई आगामी निर्वाचनमा भोटिंग अधिकार प्रदान गर्ने बारे पार्टीले आवश्यक पहल गरेर नेपाली नागरिक हुनुको नाताले आफ़नो मौलिक अधिकार उपयोग गर्ने वातावरण सृजना गर्नका लागि पनि सो अवसरमा ध्यानाकर्षण गराएको अध्यक्ष पन्तले जानकारी दिए ।
जापानका साथै र प्रबास संगठन सम्बन्धी विषयमा छलफल हुदा अध्यक्ष प्रचण्डले पार्टीले प्रवास संगठनलाई पहिले भन्दा यो पटक विशेष ढंगले लिएको र सोहि अनुसार नीति तर्जुमा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?