समाज

सर्वोच्च अदालत अगाडि आफैंलाई आगो लगाउदा एक व्यक्तिको मृत्यु

अमेरिकी सर्वोच्च अदालत अगाडि आफैंलाई आगो लगाउदा एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएका छन् । शुक्रबार राति वाशिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि एक व्यक्तिले आफै आगो लगाएर आत्महत्या गरेको महानगरीय प्रहरी बिभागले शनिबार जनाएको छ । अदालतले शुक्रबार एक बिज्ञप्ति जारी गरि अन्य कसैलाई चोटपटक नलगाएको बताएको छ । प्रहरीले ती व्यक्ति बोल्डर कोलोराडोका ५० वर्षीय विन ब्रुसको भएको पुष्टि गरेको छ । घटनापछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको विभागले उल्लेख गरेको छ । साँझ करिब ६ः३० बजे उनी… पुरा पढौ

जंगलमा दम्पत्तिको शव भेटियो

बुटवलको जंगलमा दम्पत्तिको शव फेला परेको छ। बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उहाँकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको हो।  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो।  उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीको भनाइ छ।  ‘विष खाएको अनुमान गरिएको छ’, डीएसपी केसीले भन्नुभयो, ‘घटनास्थलमा तन्ना ओछ्याएर खाने… पुरा पढौ

धादिङमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको छ।  मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२६ च २९६८ नम्बरको कार र काठमाडौंबाट धादिङवेशी आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बस जुगेखोलामा ठोक्किँएका हुन्।  दुर्घटनामा कारमा सवार पाँच जनाकै मृत्यु भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल र राकेश अग्रवाल रहेका छन्।  दुर्घटनामा गम्भीर घाइते… पुरा पढौ

सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्‍मेद्‌वार पौडेलको भिडियो भाइरल

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले भाइरल बनाइएको छ । उक्त भिडियो उनकै हो भन्‍नेबारे शंकास्पद छ । कतिपयले यसलाई चुनावी फण्डा भनेका छन् । तर उनलाई… पुरा पढौ

विमानस्थलमा १४ करोड बराबरको खैरो हेरोइन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ । दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौँ आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो । ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ । प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो । उनलाई पछ्याउँदै गएका ब्युरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई… पुरा पढौ

बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर शनिबार साँझ बरामद गरेको हो । बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौँ अवतरण भएको विमानको सिटमा छालाको हाते ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बरामद डलर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ… पुरा पढौ

जुम्लामा आगलागी: एकैघरका तीनसहित चार बालबालिकाको मृत्यु

जुम्लामा घरमा आगलागी हुँदा चार बालवालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो। आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो। मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्कीको मृत्यु भएको हो। यस्तै उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका… पुरा पढौ

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक श्रम वा रोजगारीमा छन् । साथै, अनौपचारिक रुपमा साठी लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत रहेको अनुमान छ । गत आ.व. मा मात्र १६६,६९८ जना वैदेशिक… पुरा पढौ

कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट BA.2 का कारण सामाजिक गतिविधिहरू रोक्न आवश्यक छैन: मुख्य सल्लाहकार शिगेरु ओमी

जापानको कोरोनाभाइरस सम्बन्धी मुख्य सल्लाहकारले हाल देखापरेको ओमिक्रोन भेरियन्ट BA.2 का लक्षणहरू अघिल्लो स्ट्रेनहरू भन्दा कम गम्भीर रहेकोले देशले अब सामाजिक गतिविधिहरू "पूर्ण रूपमा" रोक्न आवश्यक नरहेको बताएका छन ।मुख्य सल्लाहकार शिगेरु ओमीले जापानी संचारमाध्यम क्योदो न्यूजसँगको अन्तर्वार्ताका क्रममा जापानको कोरोनाभाइरसको अवस्था नयाँ चरणमा प्रवेश गरेकोले सरकारले अप्रिल २०२० मा देशमै पहिलो पटक कोभिड-१९ को कडा नियन्त्रणहरूमा ध्यान केन्द्रित गर्दै विभिन्न राज्यमा आपतकालिन घोषणा गरिएको जस्तो विद्यालय र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने जस्ता उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ