चुनावी अभियानमा दुई पक्षबिच झडप, दुवै पक्षद्वारा क्षतिपूर्ति भराउन माग

-


     जनहित न्युज    
     वैशाख १९ गते २०७९


स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर काँग्रेसको झन्डा सहितका १ सय २० जना जतिको समूह आएर चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको दाबी गरेका छन् ।

उता नेपाली काँग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान ८ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली काँग्रेसका कार्यकर्ताहरुमाथि साङ्घातिक हमला गरेको दाबी गरेका छन् ।

दुवै दलले कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ति भराउन माग गरेका छन् ।

विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?