प्युठानको नौबहिनी गाउँपालिका–२ लिघामा भीरबाट लडेर एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए ।
आइतबार कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न गएको प्रहरीको भनाई छ । गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।



