
जिल्ला प्रहरी कार्यालय बागलुङले २५० किलो अवैध बहुमल्य जडिबुटी सहित १ महिलालाई नियन्त्रणमा लिएको छ ।
बागलुङ नगरपालिका १ मालढुङ्गामा चेकजाँचका क्रममा १० बोरा सुनाखरी जस्तो देखिने अबैध जडिबुटी सहित प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका-३ की देवी के.सी.ले काठमाडौं लैजाँदै गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार बागलुङबाट काठमाडौं जाँदैगरेको बा ५ ख २७४५ नम्बरको बसमा चेकजाँचको क्रममा २५० केजी ४ सय ४७ ग्राम बहुमुल्य जडिबुटीसँगै केसीलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा निज के.सी.लाई सोधपुछ गर्दा उक्त खैरो रङको जडिबुटी सुनाखरी भएको र उक्त सुनाखरी जडिबुटी बागलुङबाट काठमाण्डौतर्फ लैजान लागेको भनि बुझिएकोले निजलाई नियन्त्रणमा लिई उक्त अबैध सुनाखरी जडिबुटी सहित प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय बागलुङमा पठाउने तयारी भैरहेको सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।




