जापानमा जन्मदर लगातार हरेक वर्ष घट्दोक्रम, २०२१ मा जन्मेको संख्या भन्दा मृत्यु हुने संख्या ६ लाख बढि

-


     जनहित न्युज    
     फागुन १४ गते २०७८


जापानमा जन्मिएका बालबालिकाको संख्या २०२१ मा लगातार छैठौं वर्षमा पनि न्यून रहेको र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा बढी मृत्युको भै देशको जनसंख्या घट्ने निरन्तर प्रवृत्तिलाई फेरि निरन्तरता दिदै गएको सरकारी तथ्याङ्कले देखाएको छ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सन् २०२० देखि नवजात शिशुको संख्या ३.४ प्रतिशतले घटेर ८ लाख ४२ हजार ८ सय ८७ मा पुगेको छ भने मृत्यु ४.९ प्रतिशतले बढेर १४ लाख ५२ हजार २८९ पुगेको छ, जसको परिणामस्वरूप १२ करोड ५० लाख भएको देशमा प्राकृतिक जनसंख्या ६ लाख ९ हजार ३ सय ९२ घटेको छ । गत वर्ष जनवरी र फेब्रुअरीमा जन्मदरमा कमी आएको थियो ।

जापानमा घट्दै गएको जनसंख्याको निरन्तर प्रवृतिलाई पछ्याउदै यो सङ्ख्या सन २०२० को तुलनामा २९,७८६ जना वा ३.४% कम हुन पुगेको हो । जनसङ्ख्यामा आएको गिरावटले जापानलाई आफ्नो सामाजिक सुरक्षा प्रणाली कायम राख्न गाह्रो बनाउन सक्ने आकलन विश्लेषकहरूले गरिरहेको सन्दर्भमा यो राष्ट्रका लागि गम्भिर चुनौति भएको बताईएको छ ।

यसैबीच गत वर्षमा मृत्यु हुनेको संख्या १४ लाख ५२ हजार २८९ रहेको थियो जुन यो संख्या अघिल्लो वर्षको तुलनामा ६७ हजार ७४५ ले बढी हो । तथ्यांकले सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछिको मृत्यु भएको यो सबैभन्दा उच्च संख्या हो। सन् २०२० मा ११ वर्षमा पहिलो पटक घटेको तथ्यांकले पछिल्लो तथ्याङ्कमा केही वृद्धि हुदै गएको भने देखाएको छ।
जनसंख्याको रेकर्डलाई नियाल्दा गतवर्ष जन्मेको संख्या भन्दा मृत्यु हुनेको संख्या ६ लाख ९ हजार ३ सय ९२ ले बढि रहेको देखिएको छ ।
सन् २०२१ मा कुल ५१४,२४२ विवाह दर्ता भएका थिए, जसमा ४.३ प्रतिशतले गिरावट आएको र युद्धपछिको रेकर्ड न्यून हो।सम्बन्ध विच्छेदको कुल संख्या १८७,८५४ रहेको छ, जुन २०२० को तुलनामा ४.५ प्रतिशतले कम भएको तथ्यांकले देखाएको छ।
सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङ्कमा जापानमा बसोबास गर्ने विदेशी नागरिकहरू समेत समावेश छन गरिएको छ । अन्तिम तथ्याङ्क प्रत्येक वर्ष जुन महिनामा जारी गरिदा विदेशी नागरिकहरूलाई समावेश गरिदैन । यसो गर्दा हाल देखिएको तथ्याङ्कलाई अझ तल आउने निश्चित छ ।
सन २०२० मा नवजात शिशुहरूको प्रारम्भिक तथ्याङ्क लगभग ८ लाख ७२ हजार थियो, तर अन्तिम तथ्याङ्क पछि जारी हुदा लगभग ८ लाख ४० हजार देखिएको थियो । २०२१ को अन्तिम तथ्यांकपनि लगभग ८ लाख १० हजारसम्म हुने अनुमान गरिएको छ।

सरकारी प्रयासहरूको बावजुद देशको द्रुत रूपमा घट्दो जनसंख्याको प्रवृत्ति कम हुने कुनै संकेत देखिएको छैन। राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले गरेको अनुमानका आधारमा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको भएको मुलु जापानको जनसंख्या सन २०५३ मा १०० मिलियन भन्दा तल झर्नेछ र २०६५ मा ८८.०८ मिलियन हुनेछ प्रक्षेपण गरिएको छ ।

सरकारले घट्दो जन्मदर र बालबालिकासँग सम्बन्धित अन्य समस्याहरूलाई सम्बोधन गर्न “बच्चा र परिवार एजेन्सी” स्थापना गर्ने योजना समेत बनाएको छ। यसले काम गर्ने अभिभावकहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न डे केयर प्रतिक्षा सूचीमा बालबालिकाको संख्या घटाउने उपायहरू पनि गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?