माघ १८ पछि फेरि पेट्रोलियम पदार्थको मूल्य बढ़्यो,पेट्रोल, डिजेल र मट्टितेलको मूल्य थप ३ रुपैयाँ  

-


     जनहित न्युज    
     फागुन ७ गते २०७८


नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ पुर्याएको हो ।

डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ पुर्याइएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

मूल्य बढाउँदा पनि निगमलाई १५ दिनमै २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको कार्कीले बताए। यो मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको थियो

यसअघि निगमले ​गत माघ १८ मूल्य बढाएर हालसम्मकै महँगो बनाएको थियो। त्यो रेकर्ड शनिबार फेरि तोडिएको छ। 

नेपाल आयल निगमले बुधबार मात्रै प्राप्त मूल्य सूची अनुसार भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको थियो।​

बुधबार भारतबाट पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ प्रतिलिटर ५ रुपैयाँभन्दा धेरैले बढेर आएको निगमले जनाएको थियो।

निगमले हालसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रहेको निगमले जनाएको छ।

कच्चा तेलको मूल्य अमेरिकी डलर ९० देखि ९६ प्रति ब्यारेल पुगिसकेको निगमले जनाएको छ।​

 इन्डियन आयल कर्पोरेसनबाट निरन्तर मूल्य वृद्धि गराएर पेट्रोलिय पदार्थ आइरहेकाले घाटा पनि उच्च बिन्दुमा पुगेको निगमका सहप्रवक्ता कार्कीले बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?