
कोभिड-१९ कोरोना भाईरसको महामारीका कारण सन २०२१ मा जापानको राजधानी टोकियोबाट बाहिर सर्नेको संख्या २६ वर्ष यताकै उच्च हुन पुगेको छ ।
राजधानी टोकियोको मुख्य केन्द्र टोकियो महानगरपालिकाको २३ वटा वार्डहरूबाट अन्यत्र बसाई सर्नेको संख्या गत वर्ष १४ हजार ८२८ रहेको र बसाई सर्नुको मुख्य कारण कोरोनाभाइरस महामारीले गर्दा भएको हुनसक्ने आन्तरिक मामिला मन्त्रालयले जनवरी २८ मा सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ।
सन १९९६ मा पहिलो पटक यसरी नै बसाईसराइका कारण टोकियोको जनसंख्या घटेको थियो। सन २०१४ देखि विदेशी बासिन्दाहरूलाई समेत समेटेर तथ्यांक सार्वजनिक गरे यता लगातार आठौं वर्षसम्म आगमन दर बढ़ी र बहिर्गमन दर कम रहेकोमा गतवर्ष बहिर्गमन दर उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमासन २०२० को तुलनामा ८०% भन्दा बढीले बसाईसराइका कारण जनसंख्या घरेलू बताईएको छ। मध्य टोकियोको महानगरपालिकाका २३ वटा वार्डले राखेको तथ्यांकमा सन २०१४ पछि पहिलो पटक १४,८२८ मानिसहरूको खुद बहिर्गमन दर्ता गरेको उल्लेख छ ।

सन् २०२० मा कोभिड–१९ को महामारी फैलिएपछि राजधानीमा थोरै मानिस सरेका छन् भने २३ वटा वडाबाट धेरै मानिस बाहिरिएका छन । टोकियोमा २०२१ मा आगमन हुनेको सख्या ५४३३ रहेको थियो । यो संख्या अघिल्लो वर्षको तुलनामा २५६९२ ले कम थियो र २०१४ पछि सबैभन्दा धोरै हो।
टोकियोबाट बाहिरिने मानिसको संख्या अघिल्लो वर्षको तुलनामा ३.२% ले बढेर ४१४,७३४ पुगेको छ, जसमध्ये ९६,४४६ कानागावा प्रान्त, ७८,४३३ साइतामा प्रान्त र ५८,४८५ चिबा प्रान्तमा सरेका छन्।अर्को शब्दमा भन्नुपर्दा आधा टोकियो भित्रै अर्को स्थानमा सरेका छन्।
२०१५ मा सुरु भएको पाँच वर्षको अवधिमा सरकारले क्षेत्रीय विकासका लागि बृहत् रणनीति अन्तर्गत देशका अन्यत्रबाट टोकियो महानगरीय क्षेत्रमा सर्ने मानिसहरूको प्रवाहलाई रोक्न खोजेको थियो तर खासै प्रगति हुन सकेको थिएन। २०२० मा देखा पर्न थालेको महामारीले घरबाट काम गर्ने र जीवनशैलीमा पुनर्विचार गर्न गरिएको आग्रहबाट टोकियोलाई बस्ने ठाउँको रूपमा कम गरेको देखिन्छ।
यद्यपि, टोकियो महानगरीय क्षेत्रमा कुल टोकियो, साइतामा, चिबा, र कानागावा प्रान्तहरूमा महामारीको प्रकोप पछि खुद प्रवाह घटेको छ। २०२१ मा कुल ८१६९९ थियो जुन अघिल्लो वर्ष १७,५४४ भन्दा कम थियो।

कोरोना महामारी अघि २०१९ मा स्थानान्तरण गर्नेहरूका लागि लोकप्रिय गन्तव्यहरू राजधानीका अन्य नगरपालिकाहरू र टोकियोको २३ वार्डहरू नजिकका छिमेकी प्रान्तहरू हुने गरेको मिजुहो रिसर्च एण्ड टेक्नोलोजीज लिमिटेडका प्रमुख अनुसन्धानकर्ता युताका ओकादा बताए । जनसंख्या र स्थानीय पुनरुत्थानसँग सम्बन्धित मुद्दाहरूमा राम्ररी जानकार ओकादा २०२० मा धेरै मानिसहरू राजधानीको वरपरका क्षेत्रहरू र कान्तो क्षेत्रको उत्तरी भागका स्थानहरूका लागि मध्य टोकियो छोड़ेको बताउछन।
ओकादाले २०२१ मा एक प्रमुख विशेषता भनेको धेरै टोकियोवासीहरू तोकुशिमा प्रान्त, ओइता प्रान्त र अन्य ठाउँमा शिकोकु र क्युसु क्षेत्रहरूमा सरिनुलाई विशेष मानिएको बताए । टेलिवर्किङको बृद्धिलाई कम्पनीहरूले उत्प्रेरित गरेकोले कर्मचारीहरूलाई विशेष गरी सूचना प्रविधि कम्पनीहरूमा काम गर्नेहरू उनीहरू कहाँ बस्न सकिन्छ भन्नेमा बढी स्वतन्त्रता दिइएकोले यो प्रवृत्तिलाई देखा पारेको बताऊदै ओकादाले भने “प्रवृति सजिलै परिवर्तन हुने छैन,यो एक वाटरशेड क्षण हुन पनि सक्छ।”



