नेपाल भलिबल संघ जापानको आयोजनामा भएको खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले उचाल्यो ।

-


     जनहित न्युज    
     मंसिर २९ गते २०७८


नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा स्पोर्टस हलमा भएको जापानव्यापी तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि गलकोट समाज जापानले हात पारेको छ ।

गलकोट समाज जापान गलकोट स्पोर्टस क्लब टोकियोका बिचमा भएको फाइनल खेलमा गलकोट समाज जापानले २५-२३ र २५-१६ को सोझो सेटमा स्पोर्टस क्लब टोकियोलाई हराउदै तेस्रो खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
पहिलो सेटमा निकै प्रतिस्पर्धात्मक रूपमा खेल भएपनि समाजका खेलाडीको उत्कृष्ट खेल प्रदर्शनबाट स्पोर्टसलाई १६ मा नै रोकेर सोझो सेट मैं उपाधिलाई आफ़्नो पक्षमा पार्न समाजका खेलाडी सफल भएका थिए।
गलकोट समाज जापानले नारिता डिसीलाई पराजित गराउदै दोस्रो चरणमा पुगेको थियो भने स्पोर्ट्स क्लब एनबिएलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो । दोस्रो चरणमा बोहोराफाँट समाजसँग भिडेको स्पोर्ट्स क्लब त्यसलाई पाखा लगाएर फाइनलमा प्रवेश गरेको थियो भने गलकोट समाज जापान दोस्रो चरणमा एनवाई एससीसँग भिडेर फाइनलमा गएको थियो ।
गलकोट समाजले उपाधी चुमेसंगै ३ लाख येन नगद, मेडल , प्रमाण पत्र ट्रफ़ी र रनिङ कप हात पारेका छन भने उप विजेतामा चित्त बुझाउन बाध्य रहेको स्पोर्ट्स क्लबले २ लाख येन नगद, मेडल , प्रमाण पत्र र ट्रफ़ी प्राप्त गरेको छ । त्यसैगरि बोहोराफाट समाज जापान र NYSC ले सान्त्वना पुरस्कार स्वरुप जनहि ५० /५० हजार येन नगद र प्रमाण पत्र पाएका छन ।
प्रतियोगितामा बोहोराफाट समाजका बसन्त कार्कीलाई वेष्ट स्पाइक, NYSC समूहका अभिजित रायमाझीलाई वेष्ट प्लेयर, गलकोट स्पोर्ट्स क्लव टोकियोका मनोज केसीलाई वेष्ट ब्लकर, गलकोट स्पोर्ट्स क्लव टोकियो कै अमर भण्डारीलाई वेष्ट कोच र गलकोट समाज जापान कै मनोज केसीलाई वेष्ट डिफेन्डरबाट पुरस्कृत गरिएको थियो । भने मिराई लाईफ़ अवार्डबाट भविन थापालाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा पुराना भलिबल खेलाडी तथा कोच श्री गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आइसीसी सदस्य रोबिन शेरचन र अतिथि एनआरएनए आइसीसी सदस्य तथा एनआरएनए एसिया प्यासिफ़िक क्षेत्रीय समितिको उप संयोजक पदका उम्मेदवार ददिवल खड्काले विजयी तथा पुरस्कृत खेलाडी लगायतलाई पुरस्कार, प्रमाण पत्र वितरण र सम्मान गरेका थिए ।
प्रतियोगितामा जापानका विभिन्न क्षेत्रबाट नौ समूहको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य आकर्षणको रूपमा एनवाईएससी र आयोजक संस्थाका महिला भलिबल खेलाडीद्वारा मैत्रीपूर्ण खेल प्रस्तुत गरिएको थियो । प्रतियोगिता संचालनका लागि २१ वटा विभिन्न संघ संस्थाले संस्थागत रूपमा सहयोग गरेका थिए । प्रतियोगिताको ट्राभलस पार्टनरस सुमेघ टुर एण्ड ट्राभलस र मीडिया पार्टनरमा जनहित न्यूज डटकम रहेको थियो ।
औपचारिक कार्यक्रम संघका अध्यक्ष रत्नसिंह बस्नेतको अध्यक्षता र भिक्टर ठाडा मगरको संचालनमा सम्पन्न भएको थियो । संघले हरेक वर्ष जापानव्यापी खुला पुरुष रनिङ कप भलिबल प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?