जापानको मुशासिनो सिटीले विदेशीहरूलाई जनमत संग्रहमा मतदान गर्ने अनुमति दिने

-


     जनहित न्युज    
     मंसिर २८ गते २०७८


पश्चिमी टोकियोको मुसाशिनो सिटी सभाको एक समितिले विदेशी बासिन्दाहरूलाई स्थानीय जनमत संग्रहमा मतदान गर्न अनुमति दिने गरि एक प्रस्तावित अध्यादेशलाई अनुमोदन गरेको छ ।
समितिका छ सदस्यहरू मध्ये, तीन जनाले योजनाको पक्षमा मतदान गरे, जबकि अन्य तीनले यसको विपक्षमा मतदान गरे, तर सीडीपीजे समर्थित समितिका अध्यक्षले यसलाई अनुमोदन दिएपछि यो पारित भयो।
डिसेम्बर २१ मा हुने पूर्ण मतदानबाट सो अध्यादेश पारित भएमा कानागावा प्रान्तको जुशी र पश्चिमी जापानको ओसाका प्रान्तको टोयोनाकासँगै मुसाशिनो सिटीले विशेष शर्तहरू बिना विदेशीहरूलाई मतदानको अधिकार दिने जापानको तेस्रो शहर बन्नेछ। मुसाशिनो लगभग १ एक लाख ५० हजार जनसंख्या भएको उपनगरीय क्षेत्र हो।

जुशी र टोयोनाका सहरहरू बाहेक जापानका करिब ४० नगरपालिकाहरूले विदेशीहरूलाई जनमत संग्रहमा मतदान गर्न अनुमति दिन्छन्, तर स्थायी बसोबासको स्थिति जस्ता केही सर्तहरू लागू गरिएको छ।

जापानको संवैधानिक लोकतान्त्रिक पार्टीसँग सम्बन्ध भएका सभा सदस्यहरूले यस प्रस्तावको समर्थन गरेका छन भने लिबरल डेमोक्र्याटिक पार्टीसँग सम्बन्धित सदस्यहरूले यसको विरोधमा भनेका छन यो योजना हतारमा निर्णय गरिएको तर्क गर्दै नागरिकहरूलाई स्पष्टीकरण अपर्याप्त भएको छ ।

नगर सभाको सामान्य मामिला समितिले सोमबार गरेको प्रस्तावमा सभाले गराएको विभाजित मतमा आलोचकहरूले विदेशीहरूलाई राष्ट्रिय चुनावमा मताधिकार दिने दिशामा एक कदम हुनसक्ने राय समेत दिएका थिए ।

मुसाशिनोका मेयर रेको मात्सुशिताले गत नोभेम्बरमा विधानसभामा जनमत संग्रहको लागि गरेको प्रस्ताव पेशमा १८ वर्ष वा माथिका विदेशीहरूले कम्तिमा तीन महिनादेखि सो सहरमा बसेका हरूलाई जापानी बासिन्दाहरू सरह नै मतदान गर्न अनुमति दिने बताएका छन ।
सो प्रस्ताव अन्तर्गत सहरका एक चौथाइ मतदाताको हस्ताक्षर सङ्कलन भएमा विधानसभाको मतदान बिना जनमत संग्रह गर्न सकिनेछ। तथापी जनमत संग्रहको नतिजा कानुनी रूपमा बाध्यकारी हुनेछैन। समितिको छलफलमा मत्सुशिताले भने, ‘विविधतालाई स्वीकार गर्ने सहर बनाउने लक्ष्य राखेको छु, भर्खरै जापान आएकाहरू पनि यस समुदायको महत्वपूर्ण हिस्सा हुन्,”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?