बागलुङमा निषेधाज्ञा उल्लंघन गर्ने बढेपछि कडाइ, पक्राऊ समेत गर्न थालियो

-


     राजेशचन्द्र राजभण्डारी    
     श्रावण २९ गते २०७८


बागलुङ जिल्लामा काेराेना भाइरस काेभिड १९ काे संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको उल्लंघन गरि बिना काम सडकमा हिँडडुल गर्ने करिब २५ जनालाई सम्झाई बुझाई गरि छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बागलुङ बजारको लोकतानित्रक चोकमा केही समय सम्झाई बुझाई गरि छाडिएको प्रहरी प्रमुख कृष्ण बहादुर पल्ली मगरले बताए ।

बिनाकाम, बिना मास्क हिँडेका उनीहरुलाई प्रहरी टोलीले केही समय होल्डिङ गरेर राखेको थियो । आगामी दिनमा त्यस्तो कार्य नदोहोर्याउन अनुरोध गर्दै उनीहरुलाई छाडिएको थियो ।

बागलुङ जिल्लामा काेराेनाका सक्रिय संक्रमित ७ सय २० जना भन्दा बढी भएपछि प्रशासनले निषेधाज्ञा कडिकडाउ गरेपनि सर्वसाधारणले निषेधाज्ञा उल्लंघन गर्न भने छाेडेका छ‌ैनन् । बागलुङ जिल्लामा अहिलेसम्म काेराेना भाइरसकाे संक्रमणबाट ६३ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?