‘गलकोट समाज जापानको सदस्य बनौ’अभियान संचालन

-


     जनहित न्युज    
     भाद्र ३१ गते २०७८


जापानमा रहेका बिभिन्न सामाजिक संस्थाहरु मध्यमा पनि सामाजिक कार्यमा अग्रणी स्थानमा रहेको गल्कोट समाज जापानले बाग्लुग जिल्लाको गल्कोट क्षेत्रबाट बिभिन्न पेशा,ब्यबसाय,रोजगारी तथा अध्ययनका लागि जापानमा रहने सम्पुर्ण गल्कोटेलाई गल्कोट समाज जापानको सदस्य हुन अनुरोध सहित ‘सदस्य बनौ अभियान संचालन’ गरेको छ।
यो अबधिमा साधारण सदस्य र आजीवन सदस्य लिनका लागि आग्रह गरिएको छ।साधारण सदस्यका लागि २ हजार येन शुल्क निर्धारण गरिएको छ जसको अबधि दुई बर्ष रहने छ।यस अभियानमा साधारण सदस्य बनेमा २ हजार येनमा साधारण सदस्य बने पनि समय अबधि २ बर्ष थप अबधि रही ४ बर्षको रहने छ।

आजीवन सदस्यता शुल्क सामान्यत ३ मान येन तोकिएकोमा समाजले संचालन गरेको यस अभियानमा सहभागि भई आजीवन सदस्यता लिएमा १ मान येनमा बनाउन सकिने गल्कोट समाज जापानका सदस्यता बिभागका संयोजक तथा उपाध्यक्ष सुमित खत्रीले जानकारी दिनु भयो।
जापानमा गल्कोटेको संख्या अन्य स्थानका ब्यक्तिको भन्दा बढी नै छ,संख्यात्मक रुपमा बढी भए पछि समस्या हरु पनि तुलनात्मक रुपमा बढी देखिनु स्वभाविक नै हो।
समाजमा समस्या पश्चात जोडिनेको संख्या पनि धेरै छ।
दुख , बिमार परेर समस्या पर्दा होस् या आफन्तलाई प्रदेशमा गुमाउनु पर्दा प्राय समाजमा सहयोगको लागि अपिल हुने गर्दछ।समाजले यसरी सहयोगका अपिलमा पनि गल्कोट समाज जापानको सदस्यता छ /छैन।भएमा साधारण या आजीवन कुन प्रकारको छ त्यसका आधारमा सहयोग गर्ने अति समस्या भए आधिकारिक रुपमा आर्थिक अभियान नै संचालन गरेर सहयोग गर्ने गरेको छ।

संस्थाको सदस्यता लिनु संस्थालाई एक प्रकारको सहयोग पनि हो र आफुलाई कुनै समस्या पर्दा संस्थाबाट सहयोग लिन पनि सकिन्छ। गल्कोट समाजले गल्कोटबाट जापानमा आयका सबैलाई समेट्नको लागी पनी यो अभियान अगाडि ल्याएकोले सबै गल्कोटेहरूले यो अभियानमा जोडियर सहयोग गरीदिनुहुनु हार्दिक अनुरोध गरिएको छ ।१ मान येन तुलनात्मक रुपमा जापानको अबस्थामा हेर्दा त्यति धेरै पनि होईन त्यसले यो अभियानमा सहभागि भई सदस्यता लिन सबैमा संयोजक सुमित खत्रीले अनुरोध समेत गरेका छन।
सदस्यताको लागि निम्नानुसार सँग सम्पर्कका गर्न सकिने बताईएको छ ।
१-सदस्यता संयोजक-सुमित खत्री
२-महासचिव-नविन निउरे
३-सम्पुर्ण क्षेत्रीय संयोजकहरु
सूचनामूलक समाचार- सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?