
आकाशे पानी सङ्कलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका बागलुङ नगरपालिका–१० भकुण्डे निवासी मानबहादुर बुढाथोकीका ८ वर्षीय छोरा एलसको ज्यान भएको छ ।
आज बिहान ११ बजेतिर घरदेखि सय मिटरको दुरीमा रहेको पोखरीमा पौडी खेल्दा डुबेका उनलाई उपचारका लागि धवलागिरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै शुक्रबार साँझदेखि घरबाट बेपत्ता सोही वडाका २८ वर्षीय सागर थापा शनिबार राति साढे ८ बजेतिर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । परिवारजनले खोजी गर्ने क्रममा घर नजिकैको पहिरे खोलामा थापा मृत अवस्थामा भेटिएका थिए ।
मृत्युवरण गरेका दुवैको शव अहिले धवलागिरि अस्पतालमा राखिएको छ । आफन्तजन आएपछि शव परीक्षण हुने जिप्रकाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।