समाज

असार १५, राष्ट्रिय धान दिवस बागलुङ जिल्लामा २० प्रतिशत रोपाइ

बागलुङ -आज नेपालमा परम्परागत रूपमा दही चिउरा खाने दिनका रूपमा असार १५ मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेकाेमा बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर निषेधाज्ञा लागू भइरहेको बेला राष्ट्रिय धान दिवस भने मात्रै आ‌ैपचारिकतामा सिमि हुन पुगेको छ । यश बर्ष छिट्टै मनसुन शुरू भए संगै दिनहुँजसो आकाश बाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान राेप्न भ्याइनभ्याई भएको … पुरा पढौ

गलकोटमा भएका ४ रहस्यमय घटना: छापा चोरी देखी बुढाथोकी बेपत्तासम्म

गलकोट क्षेत्रमा भएका केही प्रतिनिधी मुलक घटनाहरु रहस्यमै सिमित बन्दा जनताले सुरक्षाको प्रत्याभुत गर्न पाईरहेका छैनन् । गलकोटमा भएका केही प्रतिनिधी मुलक र साधारण घटनामा अनुसन्धान सफल रहेको भएपनि पछिल्लो ९ महिनामा भएका घटनामा अनुसन्धान नाममै सिमित बनेको आलोचना हुन थालेको छ । केही घटनाको अभियुक्त तथा आरोपित पक्राउ परेपनि घटनाको निरुपण र कारबाही नभएकोले श्रृखलाबद्ध घटनाहरु बढेको स्थानीयको भनाई छ । गलकोटमा भएका केही घटनाहरु गाँई गोरु काटेको, अबैध हतियार पत्ता लगाउन प्रहरी सफल भएको छ तर जघन्य अपराध… पुरा पढौ

कोरोना संक्रमितलाई फेकोफनद्वारा सहयोग

सामुदायिक वन उपभोक्ता महासंघ बागलुङले काठेखोला गाउँपालिका भित्रका कोरोना प्रभावितकालागि व्यवसाय प्रवद्र्धनकालागि सहयोग गरेको छ ।टिएफ परियोजना अन्तरगत कोरोना संक्रमित र परिवारका सदस्यको मृत्यु भएकाको आर्थिक अबस्था सुधार गर्ने र व्यवसायमा प्रेरित गर्न पशुपालन तर्फ लगानी सहयोग गरेको गरेको फेकोफनका अध्यक्ष राज बहादुर थापाले बताउनुभयो । महासंघलेखानी, रेश र भीमापोखराका पीडित तथा संक्रमितलाई बाख्रा पालन, कुखुरा पालन सहितको व्यवसायमा लगानी गरेको हो ।महासंघका अध्यक्ष थापा सहितको टोलीले संक्रमितको घरघरमा पुगेर सहयोग हस्तान्तरण गरेको महासंघले जनाएको छ । लेखानीको कादेशका गोबिन्द… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

पोखरा-सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै मुख्यमन्त्रीले सम्पदाबारे उठाएका मुद्दामा आफ्नो ध्यानाकर्षण भएको र बुझेर उचित… पुरा पढौ

अझै भेटिएनन् कायसका बुढाथोकी, अनुसन्धान प्रभाबकारी बनाउन सिडियो सहितको टोली घटना स्थलमा

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वाड नम्बर ६ कायसका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिनुभएको छैन् । ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी गत असार १० गतेदेखि सम्पर्क विहिन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथी रहेको खरबारीमा घास काट्न गएको र सोही स्थानबाट सम्पर्क विहिन हुनुभएको परिवारले जनाएको छ ।शुक्रबार विहानदेखि प्रहरी, वडा नम्वर ६ का जनप्रतिनिधी तथा स्थानीयबासी समेत २ सय जना भन्दा बढीले गलकोट नगरपालिका वडा नम्वर ६ को कायस देखी माथिको क्षेत्र, बाख्रे, चुचुल्के तथा… पुरा पढौ

जापानमा मृत भेटिएका बुढ़ाथोकीको ३० तारिक अन्तिम संस्कार गरिने, आर्थिक सहयोगका लागि अपिल

जापान- जापानको सिन्जुकु परिसर नजिकैको एक होटलमा मृत भेटिएका बागलुङ गलकोटका राजन बुढ़ाथोकी हरिको जुन ३० तारिकका दिन अन्तिम दाहसंस्कार गरिने भएको छ । ताराखोला गाउपालिक वार्ड नम्बर ३ हिल घर भएका बुढ़ाथोकी बुधवार बिहान आफू बसेको होटलको कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । पारिवारिक स्रोतका अनुसार ३१ वर्षीय मृतक बुढ़ाथोकीको टोकियो तो सिनागावा कु निशि गोतान्दा ५-३२-२० किरिगाया साईजोमा जुन ३० तारिक बुधवारका दिन दिउसो १:३० देखि १:५० सम्ममा अन्तिम संस्कारको कार्यक्रम रहेको बताइएको छ। अन्तिम संस्कारको लागि विस्तृत जानकारी… पुरा पढौ

पुल नहुदा काठको साँघु बनाए

बागलुङ -हरेक बर्षकाे एउटै राेग यसको उपचार र आ‌ैषधी नहुदा बागलुङका जनताले वर्षा याममा सधैं जाेखिम माेलेर खाेला वारपार गर्नु पर्ने बाध्यता कायमै रहेछ पछि जनताले आफै काठकाे साँघु  हालेर खाेला वारपार गर्ने अस्थायी पुल बनाएका छन् । स्थानीय तह संग पटकपटक पुल बनाउन माग गरेपनि खाेला वारपार गर्न पुल नबनेपछि बागलुङका स्थानीय जनता आफै अस्थायी पुल बनाएका छन् ।बर्षा लागेपछि सधैं खाेला वारपार गर्न समस्या भए पछि बागलुङकाे ग्रामीण क्षेत्रका जनताले आफै काठकाे साँघु निर्माण गरेका छन् । बागलुङ जिल्लाकाे… पुरा पढौ

बाढीका कारण हरिचौर ठुलाथर जोखिममा

बाढीका कारण हरिचौर ठुलाथर जोखिममा अविरल वर्षाका कारण गलकोट नगरपालिका वडा नम्वर ६ ठुलाथर उच्च जोखिममा परेको छ । दरमखोलामा आएको वाढिले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ को ठुलाथर जोखिममा परेको हो । खोलामा आएको वाढीले जमिन कटान गर्दा गलकोट नगरपालिका वडा नम्वर ६ का करिव ३२ घर जोखिममा रहेको योगेश भण्डारीले जानकारी दिनुभयो । गलकोट नगरपालिका वडा नम्वर ६ को शिलाखोला र दरमखोलाको संगम स्थान नजिक रहेको ठुलाथरमा बाढीले जमिन कटान गरेपछि उच्च जोखीममा परेको हो… पुरा पढौ

बागलुङ नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

बागलुङ –बागलुङ नगरपालिकाले  कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बागलुङ सदरमुकाममा आयाेजित  नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । आधारभूत स्वास्थ्यको जिम्मेबारी लागु गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । ‘गरिबसँग मेयर ऋषिराम’ कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत… पुरा पढौ

काेराेनाकाे खाेप लगाइदिन माग गर्दै ग्यास बिक्रेता

बागलुङ–काेराेना भाइरस काेभिड १९ काे जाेखिम माेल्दै आम उपभोक्ताकाे घर घरमा ग्यास ढुवानी गर्दै आएको एल ,पी ,ग्यास विक्रेता संघ बागलुङले काेराेना खाेपकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । बागलुङका प्रमुख अधिकारी शिव कुमार कार्की लाई एलपी ग्यास बिक्रेता संघका अध्यक्ष हरि प्रसाद आचार्यले तत्काल काेराेना भाइरस बिरूद्वकाे खाेप उपलब्ध गराउने ब्यबस्था गरि दिन माग गरेका छन्  ।काेराेना जाेखिम माेलेर काेराेना संक्रमित बिरामीको घरमा समेत एलपी ग्यास ढुवानी गर्दा आफुहरू प्रत्यक्ष रूपमा जाेखिममा परेको भन्दै काेराेना… पुरा पढौ