
बागलुङ -आज नेपालमा परम्परागत रूपमा दही चिउरा खाने दिनका रूपमा असार १५ मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेकाेमा बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर निषेधाज्ञा लागू भइरहेको बेला राष्ट्रिय धान दिवस भने मात्रै आैपचारिकतामा सिमि हुन पुगेको छ ।
यश बर्ष छिट्टै मनसुन शुरू भए संगै दिनहुँजसो आकाश बाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान राेप्न भ्याइनभ्याई भएको छ ।सरकारले यस वर्ष धान दिवसकाे नारा ‘धान उत्पादनमा बृद्वि खाध्य सुरक्षा आत्मनिर्भर र समृद्धि भन्ने रहेको छ ।

मानो रोपेर मुरी फलाउने महिनाको मध्यमा पर्ने असार १५ काे नेपालमा विशिष्ट महत्व छ । कृषिप्रधान देश भएकाका कारण तथा प्रायः देशैभर धानखेती र राेपाइँ हुने अनि यस समय कृषकहरूकाे व्यस्तता र माहाैल नै अर्कै हुने गरेकाले पनि असार १५ विशेष मानिने गरिएको छ
काेराेनाकाे कारण गाउँ घरमा आफू र आफन्त मिलेर धान राेपाइ गरिरहेकाे किसानकाे भनाइ छ ।
तर यस वर्ष भने काेराेना भाइरस (काेभिड १९) महामारीका कारण दिवस र औपचारिक कार्यक्रम भने राखिएका छैनन् । १८ औँ राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङ जिल्लामा २०प्रतिशत धान राेपाइ भइसकेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन्।हातखुट्टा बलियाे भएको युवा जनशक्ति बिदेशी रहेको बेला शहर पसेका ब्यक्तिहरू काेराेना भाइरस काेभिड १९ लाई लक्षित गरि सरकारले निषेधाज्ञा जारी गरेपछि गाउँ गाउँमा पुगेको कारण
यस बर्ष धान राेपाइमा केही सहज भएको देखिन्छ ।
अहिले गाउँ गाउँमा मिनी टेलर हलाे पुगे पनि गाेेरू भएका किसानहरू भने गाेरू जाेतेर धान खेती गरिरहेको बताउँछन् ।हलाेमा आफ्नो पहुँच नभएको कारणले पनि गाेरू बाटै जाेत्न बाध्य भएको बताउँछन् ।
बागलुङ जिल्लामा जेठकाे तेस्रो सातादेखी मनसुन शुरू भएदेखि अहिलेसम्म जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा धान खेती हुने ५ हजार हेक्टर खेती मध्य अहिलेसम्म २० प्रतिशत खेतमा धान राेपाइ सकिसकेकाे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपाल सरकारको २०६१ मंसीर २९ गतेको निर्णय अनुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हाे । आजको दिन कामको चटारोका कारण थकित भएका किसानले शक्ति प्राप्तिका लागि दहीच्यूरा खाने र शरिरमा शितलता भई शक्ति सञ्चय हुन्छ भन्ने विश्वास गर्नुका साथै असारे भाकामा गीत गाउँदै हिलोमा धान रोपी रमाइलो पनि गरिन्छ ।